एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ७ : व्यापक चर्चाका बिच विहिवार काठमाण्डौंमा भएको अलग अलग दुई प्रदर्शन फाटफुट तनाव र झडप बाहेक शान्तिपुर्ण रुपमै सम्पन्न भएपनि अनेकन कोणबाट टिका टिप्पनी भइरहेको छ । विहिवारको प्रदर्शन एमालेको युवा विद्यार्थी र एमालेबाट बर्हिगमित मेडिकल व्यवसायी दुर्गा प्रसाँई बिचको हो भन्दा फरक नपर्ला ।
विहिवारको प्रदर्शनलाई विभिन्न कोणबाट बिश्लेषण गरिदैछ । अर्वौ अर्व ऋण बोकेर विभिन्न अस्पतालमा लगानी गरेका प्रसाँईको ति अस्पतालहरुले चिकित्सा अध्यन्नको सम्बन्धन पाउन नसकेपछि आक्रोसित प्रसाँइ आफना अति निकट नेताहहरु केपि शर्मा ओली र प्रचण्ड विरुद्व खनिन थालेको र आफनो शक्ति प्रदर्शनका लागि यस्तो बाटो अपनाएको धेरैको आंकलन छ ।
आफनो घरमा मार्सी चामलको भात र मासु खुवाएर ओली प्रचण्डलाई एउटै पार्टीमा मिलाउने सफल चतुराय गर्दा समेत मेडिकल व्यापारमा सफलता हात पार्न नसकेपछि प्रसाँई नेताहरु विरुद्व यति सम्मको अभियान ल्याँउदा राजावादीलाई समेत फाईदा भइरहेको जानकारहरु बताउछ् ।
ओली र प्रचण्डका प्रिय पात्र भएर पनि कामहरु सफल नभएपछि प्रसाँइको आक्रोस स्वभाविक हो एक विश्लेषक भन्छन, ‘प्रसाँईको आक्रोसलाई राजावादीले क्याच गरेर उनको खर्च र मेहनतमा थप अभियान चलाउन सफल भएको मान्नु पर्छ ।’ राजनितिक बिश्लेषकहरु विहिवार प्रदर्शन गरेको दुवै पक्ष संघिय लोकतान्त्रिक गणतन्त्रका लागि घातक रहेको बताउछन् ।
तत्कालिन समयका गणतन्त्र र संघियता विरोधी मानिएका एमाले अध्यक्ष केपि शर्मा ओली प्रसाँइलाई थप उतेजित बनाएर राजावादी र संघियता विरोधी जमातको उपस्थिती र शक्ति के हुन सक्छ ? भन्ने कुराको लेखाजोखा लगाउन सफल भइरहेको कतिपयको बुझाई छ । विहिवारको दुवै समुहको शक्ति प्रदर्शनले राजावादी समुहलाई हरहिसाव गर्न सहज हुने र रणनिति अख्तियार गर्न थप मद्दत पुग्ने उनीहरुको आंकलन छ ।