एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३० : भारतमा जारी पुरुष क्रिकेट बिश्व कपको १३ औं संस्करणको उपाधीका लागि भारतले अष्ट्रेलिया प्रतिद्वन्द्वी पाएको छ । विहिवार भारतको कोलकत्तामा भएको दोस्रो सेमिफाइनल खेलमा साउथ अफ्रिकालाई तिन विकेटले पराजित गर्दै अष्ट्रेलिया बिश्वकपको फाइनलमा भारत संग भिडने भएका छन् । भारतले बुधवार पहिलो सेमिफाइनल प्रतिस्पर्धामा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
भारत जारी बिश्वकपमा कुनै पनि म्याच हारेको छैन । अपराजित हुदै उपाधीका लागि निर्णायक दुई टिममा पुगेको भारत यस वर्षको उपाधी दाबेदार मानिएका छन् । १३ औं संस्करणको यो बिश्वकप भारतको चौथो पटकको आयोजन हो । आइतवार हिन्दुहरुको महान पर्व छठको मुख्य सौँझका अर्घको समयमा दिउँसो २ बजेर १५ मिनेटमा भारतको अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधी भिडन्त रोचक हुने भएको छ ।
घरेलु मैदान र आफनै आयोजनमा भइरहेको यो बिश्वकप जिते भारत तेस्रो पटक उपाधी जित्न सफल हुनेछ र तेस्रो भाग्यशाली कप्तान रोहित शर्मा बन्ने छन् । यस अघि १९८३ मा वेष्टईन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै क्रमश कपिलदेव र एमएस धोनी नेतृत्वको भारतिय टिम बिश्वकप चुमेको थियो ।