एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २४ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघियता खारेज गर्न सक्ने व्यक्ति नेपालमा जन्मै नलिएको ठोकुवा गरेका छन् । काठमाण्डौंको एक टेलिभिजनसंगको अन्तरवार्तामा मुख्यमन्त्री यादवले संघियता खारेज कुनै पनि हालतमा नहुने भन्दै त्यस्तो काम गर्न सक्ने हिम्मतवाला व्यक्ति नेपालमै नरहेको बताए ।
तर संघियता विरुद्वमा स्वरहरु त जोडदार रुपमा उठ्न थालेका छन नि ? भन्ने प्रश्नमा उनले त्यो कुरा काठमाण्डौंका दुईचार जनाको मात्र रहेको बताए । मुख्यमन्त्रीले भने, ‘म मुख्यमन्त्री आज प्रधानमन्त्रीलाई तिन घण्टा कुरेर मात्र भेटन पाए, तर मलाई एक गाँउको किसान पनि पाँच मिनेटमै भेट्न पाउँछन, यहि नै संघियताको विशेषता हो ।’
मुख्यमन्त्री यादवले आफुहरुको मांग पुरा नभए आन्दोलन सुरु हुने जस्मा पहिलो चरणमा मधेश प्रदेशका सबै दलका अगुवा सांसदहरु संग आएर काठमाण्डौंमा धर्ना दिने त्यसपछि मधेश प्रदेशका सबै प्रतिनिधीसभा सदस्यहरुलाई समेत धर्नामा बोलाउने र जिल्ला जिल्लामा ति दलहरुको अगुवा नेतालाई धर्नामा बस्न लगाउने बताए ।