एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २३ : मधेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र हरेक राजनितिक दलका नेताहरु संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न छ बुँदागत मांगहरु राख्दै मुख्य मन्त्री सरोज कुमार यादवको नेतृत्वमा पुगेको एक टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रको १ नं. मांगमा प्रदेश प्रह्री, २ मा संघीय निजामती सेवा ऐन, ३ मा सार्वजानिक जग्गाको प्रयोग सम्बन्धमा रहेको छ भने ४ मा गुठी जग्गाको सम्बन्धमा, ५ मा अर्थ सम्बन्धमा र ६ मा अभियोजन सम्बन्धमा रहेको छ । ३० दिन भित्र प्रस्तुत मांगहरु सम्बोधन नभए कडा संर्घषका कार्यक्रम ल्याउन बाध्य हुने समेत ज्ञापनमा उल्लेख छ ।
यस्तो छ मुख्यमन्त्री यादवले बुझाएको ज्ञापन पत्र र टोलीमा सहभागि मधेश सरकार र राजनितिक दलका सदस्यहरु :