एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २२ : शंकाष्पद रुपमा मृत्यु भएको आरती साहको पक्षमा न्याय माग्दै काठमाण्डौंको माइतीघरमा अनसनरत उनका परिवारजन भेटन आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साह अनसन स्थल पुगेका छन् । केहि दिन पुर्व लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो समेत पुगेको अनसन स्थलमा पुगेका नेता साहले अन्यायको सिमित सिमा मात्र हुने भन्दै आरतीले न्याय पाउनुपर्ने बताए ।
अध्यक्ष साहले न्यायका लागि आरती साहका परिवारजनले देखाएको शाहस र आत्मवलको प्रशंसा गर्दै घटनाको निश्पक्ष छानविन र दोषिलाई कारवाही सहित न्यायका लागि सरकार संग आग्रह गरे । पार्टीकी कार्यालय सचिव एवं महिला नेतृ रञ्जु कुमारी साहकै पहलमा गृहमन्त्रालयले धर्नारत मृतक साहका परिवारजनलाई वार्तामा बोलाएको पनि पार्टीले दावी गरेको छ ।
एता गृहमन्त्रालयले पिडितको मांग बमोजिम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिश्वराज खडकालाई सुरुवा गरेको छ । आफुहरुलाई बयानका लागि बोलाएर धनुषाका प्रहरी उपरिक्षक खडकाले डिएसपी सहित दुव्र्यवहार गरेको आरोप लगाउदै उनीहरु दुवैजना उपर कारवाहीको मांग गर्दै आएकोमा डिएसपीको यस अघि नै सुरुवा भइसकेको थियो भने एसपी खडकालाई पनि काठमाण्डौं तानिएको छ । धर्ना स्थलमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि यस अघि पुगिसकेका छन् ।