एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २२ : वक्ताहरुले नैतिक शिक्षाको अभावमा मधेशमा नैतिकहिन घटनाहरुमा वृद्वि हुदै गएको बताएका छन् । जनकपुरधाममा मधेशी आयोगले आयोजना गरेको मधेशी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेश तथा सशक्त नैतिक शिक्षा कार्यक्रम २०८० मा बोल्दै विद्वान डा. राजेन्द्र प्रसाद विमलले नैतिकता सबै भन्दा पहिला आफैबाट प्रदर्शन गर्ने गहना बन्नु पर्ने बताए ।
नैतिकपतन र नैतिकवानका सन्दर्भमा बिश्वका धेरै उदाहरणहरु प्रस्तुत गर्दै उनले भने, ‘जो आफै नैतिकपतन व्यक्ति हुन्छ उस्ले अरुलाई उपदेश दिनु निन्दनीय हुन्छ ।’ अरुलाई नैतिकता सिकाउनु भन्दा आफु सो सन्दर्भका कस्ता र कहाँ छु भन्ने विषय सबैले सोच्न आवयश्क रहेको उनको तर्क थियो ।
सो अवसरमा आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले २०७८ सालको जनगणनालाई टेकेर मधेशका समग्र विषयमा वर्तमान अवस्था बारे एक कार्यपत्र प्रस्तुत गरेका थिए । मधेशको भुगोल, जनसंख्या, लैंङ्गिक विभेद र अन्तर, मधेशको प्रति व्यक्ति आय, जनघनत्वको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रममा सञ्चारकर्मीहरु, विभिन्न क्षेत्रका अगुवाहरु सहितको उपस्थिती थियो ।