एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २२ : मधेश सरकार, मुख्यमन्त्री र यहाँका सबै राजनितिक दलले प्रधानमन्त्रीलाई ३० दिने अल्टिमेटम सहितको भोली १०ः३० बजे ज्ञापन पत्र मात्र बुझाउदैनन संघियता कार्यान्वयनका लागि गरिएको मुलभुत मांगहरु पनि पुरा नभए आर पारको आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघियता कार्यान्वयनका लागि संघिय सरकार विरुद्व आरपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् । मधेश सरकारको मुख्यालय मधेश भवनमा हरेक राजनितिक दलका नेताहरु सहित पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री यादवले संघिय प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन सहित संविधानमा उल्लेखित संघियता कार्यान्वयनका मुलभुत अधिकारहरु पुरा नगर् िसंघिय सरकार संघियता विरुद्वको चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउदै अव निर्णायक अधिकार प्राप्तीको आन्दोलन हुने बताए ।

कस्तो आन्दोलन हुन्छ ? भन्ने प्रश्नमा मुख्यमन्त्री यादवले काठमाण्डौंमा धर्ना देखि जिल्ला जिल्लामा गठबन्धन दलको अगुवाईमा पनि आन्दोलन हुने बताए । उनले विस्तृत दबाबका कार्यक्रम ३० दिनको अल्टिमेटम पछि पुनः ल्याउने बताए । आफुहरुले यि मांगहरु र आफना समस्याहरु प्रधानमन्त्रीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कहिले तिन महिना भित्रै त कहिले अध्यादेश ल्याएर भएपनि अव गरिदिन्छु भन्दै समय टार्ने काम मात्र गरेको उनले सुनाए ।
उनले एक सप्ताह अगाडि मात्र पनि प्रधानमन्त्रीले अध्यादेश ल्याएर दुई चार दिन भित्रै समस्या समाधान गर्ने आश्वासन दिएर ठगेको बताए । सबै राजनितिक दलका अगुवा नेताहरु सहित मुख्यमन्त्रीको टोली आजै राती काठमाण्डौं प्रस्थान गर्ने कार्यक्रम छ ।
सो अवसरमा कांग्रेसका मधेश अध्यक्ष तथा मधेश सरकारका भौतीक पुर्वाधार मन्त्री कृष्ण यादव, माओवादीका मधेशका नेता भरत साह सहित नेकपा एस, जनमत पार्टी, लोसपा, राप्रपा सहित गठबन्धन दल र विपक्षी एमालेका नेताको पनि उपस्थिती थियो ।