एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २१ : राष्ट्रिय योजना आयोगले आगामी पञ्चवर्षिय योजनामा स्थानीय तहको धारणा समेटने उद्देश्यले योजना बनाउनु पूर्व अन्तरकृया गरेको छ । मंगलबार जनकपुरधाममा मधेस प्रदेशका १ सय ३६ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, प्रशासकिय अधिकृतहरुसंग आयोगले अन्तरक्रिया गरेको छ ।
पछिल्लो पञ्चवर्षिय योजनाप्रति प्रदेश तथा स्थानीय सरकारहरुको व्यापक असन्तुष्टी रहेकाले ती असन्तुष्टी आउन नदिनकै लागि स्थानीय तहहरुको धारण १६यौँ योजनामा समेट्ने उद्देश्यले अन्तरकृया गरिएको राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले जानकारी दिए ।

पञ्चवर्षिय १६औँ योजना तर्जुमा कार्यक्रममा स्थानीय, प्रदेश र संघको योजनालाई समेटेर एकले अर्काको बजेट पहिचान समन्वय तथा सहकार्यमा हुने राउतले बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्यमा भएको अन्तरकृया कार्यक्रममा ८ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख तथा प्रशासकिय अधिकृतको सहभागिता रहेको थियो ।