पुरन रौनियार
जनकपुरधाम, कात्तिक २० : सोमवार होटल सिताशरणको सभाहल भन्दा पनि संसद भवन जस्तै देखिन्थ्यो । दुई लाईनमा लामवद्व कुर्सीहरुमा अनुशासित रुपमा बालबालिका बसिरहेका थिए । ठिक अगाडि रोष्टम बनाइएको थियो । जस्मा बालबालिकारुपी सभामुख र सचिवले आशन ग्रहण गरेको थियो । संसद भवन जस्तै सत्तापक्ष, विपक्ष, मुख्यमन्त्री, मन्त्री र सांसदहरुका लागि अलग अलग कुर्सी र मर्यादाको व्यवास्थापन गरिएको थियो ।
बालिकारुपी सभामुख नेहा मण्डल सभामुख जस्तै संयमित, शिष्ट र सरल तवरले बाल अर्थमन्त्री रबानी मन्सुरलाई आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्न आग्रह गर्छिन । अर्थमन्त्रीका रुपमा किशोर मन्सुर पनि र्निधक्क र अनुभवि राजनितिज्ञ जस्तै रोेष्टममा पुगेर मैले बालबालिका शिक्षालाई प्राथमिकतामा राख्दै एति करोड बराबरको बजेट प्र्रस्तुत गर्दछु भनेपछि सांसदहरुले बल लगाएर समर्थनमा ढयाप ढयाप गरेको आवाजले सभाहललाई संसद जस्तै दर्शाइरहेको थियो ।
हेर्नोस भिडियो
त्यसपछि बाल सभामुख भण्डलले छेउ बसेका बाल सचिव कमल सिंहको सहयोग र आग्रहमा अगामि बैठकमा प्रदेश प्रमुखले निति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले अनिवार्य पोशाकमा आउन आग्रह सहित पाँच मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्छिन । पुनः मर्यादा पालक आएर सभामुख र प्रदेश प्रमुखको आगमण भइरहेको जनाउ दिन्छन् ।
र लगतै राष्ट्रिय गान पछि बाल प्रदेश प्रमुख निशु कुमारी चौधरीले निति तथा कार्यक्रम प्रस्तुत गर्छिन । उनको निति तथा कार्यक्रममा पनि बालबालिको अधिकार, विकास र चौतर्फी हितलाई प्राथमिकतामा राखिएको सुनियो । संसदमा उठेका सवालहरुलाई सम्बोधन गर्न रोष्टम पुगेकी बाल मुख्यमन्त्री सोनिया मण्डलको हाउभाउ, बोल्ने शैली र भाषण कुनै मुख्यमन्त्री भन्दा कम थिएन ।
बाल रुपी सांकेतिक मुख्यमन्त्रीको मुखबाट निस्केका हरेक तर्क र बालबालिका संग सम्बन्धित तथ्य र मांगहरु मार्मिक र प्राविधिक नै थियो । उनले शिक्षा जगतमा भइरहेको चौतर्फी हस्तक्षेप र उदासिन निति तर्जुमाका कारण बालबालिकाहरु पछाडि परेको भन्दै आफुले सुधारमुखी कार्यक्रम ल्याउने तर्क राखिरहँदा बाल सांसदहरुले जोडदार ढयाप ढयाप ठोकिरहेका थिए ।
शेभ द चिल्ड्रेनको सहयोगमा आसमान नेपालले आयोजना गरेको नमुना बाल मधेश प्रदेशसभाको त्यो कारवाही वास्तवमै संसदिय थियो । होटलमा आराम गरिरहेका बुद्ध एयरका पाइलट र क्रुुु मेम्वरलाई समेत प्रभावित गरि सभाहलमा तान्न सफल संसदिय क्रियाकलाप युवा अभियानी रक्की प्रसाद साहको सहजीकरणमा चलेको र बालबालिकाको समस्या र समाधान दुवै दर्शाइरहेको थियो ।
१८ वर्ष मुनिका कुला ३२ बालबालिका सहभागि संसदिय अभ्यासले बालबालिकामा दक्षता अभिवृद्वि, साहस, अनुभव र चौतर्फी ज्ञान हासिल गर्न टेवा पुग्ने विश्वास आयोजकको छ । शेभ द चिल्ड्रेनकी रचना श्रेष्ठले बालबालिकाको समस्या पहिला उनीहरुलाई नै बुझाउन आवश्यक रहेको जस्ले उनीहरु उच्च शिक्षामा पुगेपछि सोहि मर्म अनुसार भविष्यमा सफल नेतृत्व गर्न सक्ने भएकाले यस्ता अभ्यास गरिएको बताइन । आसमान नेपालको संकल्प परियोजनाका कार्यक्रम संयोजक अमित यादवले थप यस्ता अभ्यासहरुमा व्यापकता ल्याएर परियोजनालाई प्रभावकारी बनाइने बताए ।