एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २० :
मधेस प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरुप ६० लाख मूल्य बराबरको खाद्यान्न सामाग्री पठाउने भएको छ । मधेस प्रदेशको विपद व्यवस्थापन समितिको बैठकबाट गत शुक्रबार जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा ६० लाख बराबरको खाद्यान्न सामाग्री पठाउने निर्णय गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरुप चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री पठाउने निर्णय गरिएको मधेस प्रदेशको गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए । उनले खाद्यान्न सामाग्री पठाउने निर्णय विपद व्यवस्थापन समितिबाट गरेसंगै सोका लागि अर्थ मन्त्रालयबाट रकम माग गर्ने बताए । मन्त्री समिमले मन्त्रीपरिषद बैठकबाट समेत निर्णय गरेर सो सामाग्री पठाउने बताए ।
मधेस सरकारले नेपाल सरकारको गृह मन्त्रालय मार्फत खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागेको गृह संचार तथा कानून मन्त्री समिमले बताए ।