एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २० : संघियताको कार्यान्वयनका लागि विभिन्न मांगहरु सहित मधेश सरकार र यहाँका राजनितिकदलहरु संघिय सरकार विरुद्व काठमाण्डौंमा धर्ना दिने तयारी गरेको छ । सोमवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री सहित मधेश सरकारका मन्त्री र राजनितिक दलका सचेतकहरु सहितको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ दिने अल्मिेटम सहितको ज्ञापन बुझाउने तथा मांग सुनुवाई नभए काठमाण्डौंमा धर्ना दिने रणनिति बनाउने निर्णय गरेको छ ।
मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रीले सोमवारको बैठकले लगभग सहमती भएको मांगहरु थप स्पष्ट पार्दै बुधवार पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराउने र शुक्रवार प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाउने एक किशिमको सहमती भएको बताए । प्रधामन्त्रीलाई पहिला १५ दिने समय सिमा सहितको समय दिने र मांग सुनुवाई नभए धर्नाका कार्यक्रम मधेश सरकार, आवद्व दलहरु र विपक्षीलाई समेत साथमा लिएर गरिने उनले बताए ।
मुख्यमन्त्री समेतको सहभागिता रहेको बैठकमा गठबन्धन तथा मधेश सरकारमा आवद्व दलका अगुवा नेताहरु, मन्त्री र सचेतकहरुको उपस्थिती थियो । बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सचेतक लखन दासको समेत सहभागिता थियो ।