एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १८ : इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको पुख्र्यौली घर ल्याइएको छ । उनको शव हेर्न गाँउवासीको भिड मात्र लागेन हरेक गाउँवासीको आँखामा आँसु र अनुहारमा पिडा झल्किन्थ्यो ।
हमासको आक्रमणमा परी मृत्यु भएको उनको २७ दिनपछि शव ल्याइएको हो । नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार साढे ४ जनकपुरधाम विमानस्थलमा ल्याएको थियो । विमानस्थलबाट नेपाली सेनाकै टोलीले आनन्दको शव एम्वुलेन्समा सपहीसम्म पुर्याएको थियो । आनन्दको शव सपही पुग्दा पूरै गाउँ भावविह्वल बनेको थियो ।
उनको मृत शरिरको शनिबारनै दाह संस्कार गरिएको छ । आनन्दको शवलाई उनको काकाको छोरा बेचन साहले दागवती दिएका थिए । आनन्दको मृत्यु गत असोज २१ गते इजरायलमा हमास चरमपन्थी समूहको आक्रमणमा परी भएको थियो । जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उतीर्ण गरेका उनी पूर्ण छात्रवृतिमा बिएससी एग्रिकल्चर गरेका थिए ।
सुदुरपश्चिमको कृषि विश्वविद्यालयबाट ५० नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमै थप प्रशिक्षित बनाउनका लागि १० महिने प्रशिक्षणका लागि इजरायल पठाइएको थियो ।