एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ :
नेपाल भारत महिला मैत्री समाज, काठमाडौं, नेपाल र गान्धी एजुकेशन ट्रस्ट कटीहार, बिहार, भारत र बुद्ध इंस्टीट्यूट अफ टेक्नोलोजी, गया, बिहार, भारत बीच उक्त शैक्षिक संस्थाहरु मा नेपाली विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा शुक्रवार हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार गान्धी एजुकेशन ट्रस्ट, बिहार अन्तर्गतका शैक्षिक संस्थाहरु मा अध्ययन गर्न जाने नेपाली विद्यार्थीकालागि नेपाल भारत महिला मैत्री समाज को माध्यम बाट उक्त संस्थाले २२ वटा पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ । गान्धी एजुकेशन ट्रस्ट र नेपाल भारत महिला मैत्री समाज बीच उक्त संस्था अन्तर्गत का शैक्षिक संस्थाहरुमा नेपाल भारत महिला मैत्री समाजले रिकमेण्ड गरेका विद्यार्थीहरुलाई डिप्लोमा इन नर्सिङ कोर्स अध्ययनकालागि ११ जना लाई पूर्ण छात्रवृत्ति, र बिएस्सी इन नर्सिङ कोर्सकालागि ११ जना लाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ । छात्रवृत्ति २०२४ को शैक्षिक क्यालेण्डर बाट शुरू हुने नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष एवं सांसद चन्दा चौधरीले जानकारी दिइन् ।