एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ४ : मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित माँ राजदेवी मन्दिर, ग्रामिणमा एकदमै भिडभाड हुने सवैला स्थित माँ दुर्गा भवानीको मन्दिर सहितक शक्तिपीठहरुमा विधि पुर्वक फूलपाती भित्राइएको छ । दशैंको सातौ दिन शनिवार राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठहरुमा फूलपाती (बेलतोरी) विधी सम्पन्न भएको छ ।
भिडियो खवर
सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सलामी सहित निकालिएको बाजागाजा सहितको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपेर फूलपाती भित्राइएको छ । सो अवसरमा तिनै सुरक्षा निकायले कुल ८ तोपको सलामी अर्पण गरेको थियो । नेपाली सेना प्रत्येक वर्ष जस्तै बाजागाजा सहित सहभागिता जनाएको छ । मिथिलाञ्चल क्षेत्रमा यसलाई ‘बेलतोरी’ पनि भनिन्छ ।
जनकपुरधामको राजदेवी मन्दिरबाट महन्त, साधुसन्त, महाविर युवा कमिटि, राम युवा कमिटि, युवा र समाजका अगुवाहरुका साथै बाजागाजासहित निष्केको भक्तजनहरूको समूहले नजिकमा रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा र विधी अनुसार पूजा पाठ गरेर फुलपाती भित्रयाउने परम्परा रहिआएको छ ।
सबैलाको फुलपातीमा पनि भब्यता
एता धनुषाको ग्रामिण भेगमा अत्याधिक भिडभाड हुने सबैला स्थित दुर्गा भवानीको मन्दिरमा पनि फुलपाती (बेलतोरी) विधी सम्पन्न भएको छ ।
भिडियो खवर
विधि पुर्वक रघुनाथपुर स्थित एतिहाँसिक बाबा हरिहरनाथ मन्दिर प्राङ्गणमा शुक्रवार निमन्त्रणा गरिएको बेल टिपेर फुलपाती विधि गरिएको छ । सो अवसरमा सबैला र नजिकका गाँउहरुका साथै रघुनाथपुरवासी उल्लासका साथ सहभागिता जनाएको छ ।
सबैलाबाट फुलपातीका लागि रघुनाथपुर आएका टोलीलाई भव्य स्वागत गरिएको छ भने गाँउमा सरसफाई र भव्यता गरिएको छ । हरिहरनाथ मन्दिर सञ्चालन समितिका युवा र अगुवाहरु सक्रियता पुर्वक सो कार्यक्रममा सरिक भएका थिए । सो अवसरमा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह, सवैलाका मेयर कारीराम यादव, मेयरका प्रत्यासी जगत सुन्दर साह, जानकी मन्दिरका सहायक महन्त रामरोशन दास, मेला समितिका सदस्यहरु सहितको बाक्लो उपस्थिती थियो ।