एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ : जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाम नगरअध्यक्षमा पुन: विष्णुदेव साह सर्वसम्मत भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वडा मध्ये अधिकांश वडा अध्यक्षहरुको उपस्थितीमा भएको नगरभेलाले साहको नेतृत्वमा ५१ सदस्सीय उपमहानगरकमिटि गठन गरिएको हो ।
साहले भने, ‘२५ वडा अध्यक्ष मध्ये अधिकांश वडा कमिटि अध्यक्षको उपस्थितीमा मलाई पुन: बिश्वास गरि नगरको जिम्मो दिइएको छ वाँकी सबै हल्ला हुन ।’ उनले वाँकी हल्लाहरु पार्टीमा गुटबन्दी गर्न पछि पार्टी प्रवेश गरेकाहरुको नियोजित रहेको बताए ।

जस्ले जसपालाई उपमहानगरमा जन्म दियो, जवान बनायो आजै उनीहरुकै विरुद्व अवसर पाएकाहरु लागि परेका छन, साहले भने, हाम्रोलागि अवसर भन्दा पनि जसपा र संगठन प्यारो छ त्यसैका लागि दिनरात नभनी काम गरिरहेका छौं ।