एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ : नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन जनकपुरधाममा चलिरहँदा पार्टीको मधेश प्रदेश सचिव डा. कृष्ण पौडेल आफनै घरमा मृत भेटिएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पुर्व नगर प्रमुख समेत रहेका डा. पौडेल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित आफनै घरमा मृत फेला परेको बताइएको छ ।

घटनाको पुष्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत समाजिक सञ्जालमा गर्दै डा. पौडेलको निधन प्रति शोक व्यक्त गरेका छन् । घट्नास्थलमा प्रहरी पुगेको बताइएको छ । पौडेल नेकपा एमालेको टिकटबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख निर्वाचित भएका थिए । साथै उन नेकपा एमालेको मधेस प्रदेश सचिव हुनुहुन्थ्यो ।