एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताएका छन् । जनकपुरधाममा मधेश प्रदेशको पहिलो प्रादेशिक अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेस र माओवादीहरु एमालेको गल्तीको विरोधमा भन्दा पनि एमालेको राम्रो र लोकप्रिय कामबाट डराएर, आफनो सटर बन्द हुने डरले विरोध गरिरहेको बताएका छन् ।
मधेशको हुलाकी राजमार्ग बनाउन, पुर्व पश्चिम राजर्माग फराकिलो पार्न, रेल चलाउन, देशलाई तुईन मुक्त गर्न मात्र होइन १ लाख ८५ हजार जमिन सिचाँईको लागि सुनकोशी कमला, मरिन डाईभर्सनका लागि पनि एमालेको सरकार बन्नु पर्ने कुरा जनताले बुझि र देखि सकेको सह्न नसकेर कांग्रेस र माओवादीहरु एमाले विरुद्व उभिएकाले त्यसै अनुसारको २०८४ रणनिती बनाउनुपर्ने उनको भनाई थियो ।
उनले एमालेको सरकार कति खेर बन्छ थाहा नरहेको टिप्पनी गर्दै मधेशको विकास चाहिए एमालेलाई २५ होइन ६० सिट दिन आग्रह गरेका छन् । २०७४ सालमा आफुहरुलाई निषेध गरिएको स्मरण गर्दै उनले २०७९ मा काम गरेर मधेशमा पहिलो पार्टी बनेर देखाएको दावी गरे । पहिलो पार्टी बनेपनि विभिन्न हावाहुरी चलाउनेको नेतृत्वमा मधेश रहेकाले अव एमालेले नेतृत्व पाउनुपर्ने एमालेका सबै नेताहरुको तर्क थियो ।
ओलीले इजरायलमा मारिएका धनुषाका एक सहित देशका दशजनै मृतकको शव ल्याउन र पिडित परिवारलाई राहत दिन सरकारसंग मांग गरेका छन् । उनले सहमतीमा अधिवेशन सम्पन्न गरि एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।
सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवद्वय योगेश भट्टराई र रघुविर महासेठ नेताहरु लिलानाथ श्रेष्ठ र जुलीमहतो सहितकाले सम्बोधन गरेका थिए ।