पुरन रौनियार
जनकपुरधाम, असोज २२ : इजरायलमा मारिएका दश नेपालीमा परेका धनुषा सपही ४ का आनन्दको अन्त्य पछि परिवारबाट आनन्द हराएको छ । तिन कान्छी बहिनी, बुवा आमा र हजुरआमाका जिगरका टुक्रा घरका जेठा सन्तान आनन्दको मृत्युको खवरले सपही शोकमा डुवेको छ ।
धनुषाको लक्ष्मीनियाँ गाँउपालिकाको वडा नं. ४ सपही गाँउको यो पुरानो घरको आँगनमा सुकेको अम्वाको बोट मुनी गोलवद्व स्थानियका बिच पुत्र वियोगमा व्याकुल व्यक्ति इजरायलमा मारिएका २२ वर्षिय आनन्द साहका बुवा हुन । हिजै देखि स्थनियहरुको सान्तवनामा चित बुझाउने गरेका सोमन साहको घरमा पालैपालो रुदै कराउदै आउने गरेका आफन्तहरुले ताजा पारिदिने उनको पिडाले उनी व्याकुल छन् ।
चार सन्तान मध्ये सबै भन्दा जेठो एक मात्र छोरा आनन्द इजरायल गएको २७ दिनमै एक मात्र साहारा गुमाएको खवरले आनन्दकी आमा शिवकली देवी र हजुर आमा बसमतिया देवी साह पनि बेहोस अवस्थामा छिन् । घर छेउको सडक छेउमा एक छिमेकीको घरको बरन्डामा आनन्दकी कान्छी बहिनी आरतीलाई स्लाइन पानी सहित राखिएको छ ।
पटक पटक मुर्छित भइरहेकी आरती दाजु जस्तै सपही स्थित सिटिईभिटीमा पुर्ण छात्रवृतिमा भेटनरी पढीरहेकी छिन् । कक्षा पाँच सम्म स्थानिय अक्सफोर्ड अंग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधै प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एलएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले टिकापुरबाट पुर्ण छात्रवृतिमा विएससीएजी पढेका थिए ।
भिडियो समाचार
आनन्दको फेसबुकको कभर तस्वीरमै एक पानामा लेखेर उनले संकल्प गरेका रहेछन्, ‘म एक करोड वृक्षारोपण गर्छु, गाँउमा एक अक्सिजन उद्योग र अस्पताल बनाउछु जस्मा कसैलाई विभेद हुनेछैन ।’ उनको साथीभाईले पनि उनी एकदमै जेहेन्दार र मिलन्सार रहेको भन्दै होनकार साथी गुमाएको दु:ख व्यक्त गर्छन ।
आनन्दका बुवा सोमनका अनुसार विएससीएजीको पढाई पछि आनन्द पाँच महिनाका लागि ईन्टर्नशिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनको इजरायल जाने निधो भयो । टु लर्न टु वर्क भिसामा गएका उनले आफुलाई चौरीमा लेमन (कागती) र त्यसका झारपात तोडने काममा लगाइएको बताएका थिए । बस्न प्रति महिना सात सय र कलेजका लागि पाँच हजार ८८ अमेरिकी डलर यहाँ आएपछि मांग गर्न थालेको पनि उनले अभिभावकलाई सुनाएका थिए ।
एक्लै छोरा भएकाले अभिभावकले फर्किन आग्रह गरे तर उनले १० महिना हेर्न कमाएर पैसाको जोहो गर्ने र त्यसपछि निर्णय लिने भन्दै अभिभावकलाई सम्झाउदै आएका थिए । शनिवारबाट उनको फोन उठन छोडेपछि परिवारजनको जमिन खस्क्यिो र त्यसपछि आएको समाचारले उनको परिवार क्षतविछत भएको छ ।
आनन्द जस्ता नेपालका होनहार युवाहरुलाई गलत प्रलोभनमा पारेर विदेश पठाइएको र हत्या हुँदा पनि सरकार मौन बसेको भन्दै सपही गाँउवासी ढल्केवर–जनकपुरधाम राजर्मामा प्रदर्शन तिव्र गरेका छन् । एक सप्ताह भित्र आनन्दको शव र उचित राहत तथा छतिपुर्तीको व्यवस्थापन नभए कडा आन्दोलन गर्ने सोमवार एक घण्टा सडक जाम गरेका युवाहरुको चेतावनी छ ।
हत्याको समाचारहरु आइसकेको भएपनि राज्यका कुनैपनि निकाय आनन्दको घरमा अहिले सम्म सम्पर्क समेत नगरेको र भेटन पनि नआएको भन्दै युवाहरु आक्रोसित छन् । आनन्दका बुवाको अनुसार टिकेटमा ८५ हजार, पासपोर्टमा ३५ हजार, मेडिकलमा १० हजार र किनमेलमा ६० हजार गरि करिव अढाई लाख खर्च गरेर आनन्द त्यहाँ पुगेका थिए । आनन्दकी माइली बहिनी पुनिता साहको धनुषाको दिगम्वरपुरमा विवाह भएको छ भने साइली बहिनी सरस्पती साह बिबिए पढिरहेकि छन् ।
पराल र माटोको छार्पोमा बसेर पनि बुवालाई सम्झाएर तिजैजना बहिनीलाई समेत उच्च माविको शिक्षा सम्म पढाइरहेका घरका समझदार अभिभावक आनन्दको देहवसान पछि परिवार आनन्दित रहने कुनै भएन ।