एसपी रिपोर्टर
जनकपुरधाम, असोज २० : वरिष्ठ पत्रकार, साहित्यकार तथा प्रेस स्वतन्त्रता सेनानी स्व. राजेश्वर नेपालीको स्मरण कविताका माध्यमले गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा मैथिली साहित्यकारसभा जनकपुरधामको आयोजनामा स्व. नेपालीको स्मरणमा भएको काव्यात्मक श्रद्धाञ्जलीसभामा धनुषाका कविहरुले आफना कविताका माध्यमले स्व. नेपालीको विशेषता बर्णन गरेका थिए ।
स्व. नेपालीको जन्म देखि उनको पत्रकारिता, साहसिक कदमहरु, राजनितिक परिवर्तणमा उनको भुमिका सहितको उनले भोगेका समस्या र उनको अन्त्य सम्मको क्षणलाई आफना कविताका पंक्तिहरुमा उतारेका कविहरुको हरेक कविताले स्व.नेपालीलाई जिवन्त पारेको थियो ।
साहित्यकार सभाका सभापाल अरविन्द कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले स्व. नेपालीका बारेमा कवितामा सुन्दा उहाँ यसै कार्यक्रममा उपस्थिती हुनुभएको जस्तो महशुस भएको बताएका थिए ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, भारत विहार सितामढीका वरिष्ठ साहित्यकार तथा जनवादी लेखक कमरुद्दिन नदाफ, सितामढीबाटै साहित्यकार अरुणमाला, सभाका अगुवा प्रेम विदेह ललन, साहित्यकार तथा पत्रकार रोशन जनकपुरी, उपेन्द्र भगत नागवंशी, मधेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव साहित्कार, कवि तथा लेखकहरु डा. रामसागर पण्डित, डा. रेवती रमण लाल, युगल किशोर लाभ, सुधा कर्ण, सवनम खातुन, बिनिता कर्ण सहितको उपस्थिती थियो ।