एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन अवस्थामा रहँदै आएकी सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिश अनुसार मन्त्रीपरिषद पुनर्गठन गर्दै उहाँलाई मन्त्रालयको जिम्मेबारी दिइएको हो ।
जनमतका मधेश यादवले सम्हाल्दै आउनु भएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्रयाएर सुरिता साहलाई मन्त्रालयको जिम्मेबार दिइएको हो । अब यादवले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ भने भने सुरिताले टुक्रयाएर बनाइएको खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेबारी पाउनु भएकी हुन् ।
मन्त्री साहले यस अघि नै शपथ ग्रहण गरिसकेकाले उनी एकै चोटी पदभार ग्रहण गर्नु हुने छ ।
मन्त्रीपरिषद पुनर्गठन गरिएसंगै मधेसमा मन्त्रालयको संख्या १२ पुगेको छ ।