एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफु कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका छन् । मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम आइपुगेका उनले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको अवस्थामा वर्तमान गठन्धन कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।
उनले कांग्रेस एताउती भए आफनो नामै नसुन्ने एमालेमा खुसीको बहार आउने भएकाले त्यस्तो गल्ती नगर्ने बताएका छन् । कांग्रेसकै एक तप्का माओवादी अध्यक्ष प्रचण्डको विकल्पमा तपाईलाई नै प्रधानमन्त्री बनाउनु पर्ने भनिरहेका छन नि भन्ने प्रश्नमा उनले कुनै समुह र व्यक्तिले भनेर केहि नहुने भन्दै प्रचण्ड नेतृत्वको सरकारमा केहि कमी कमजोरी भएपनि सुधार गर्न आफुहरु अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने उनले बताए ।

उनले पुन: देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै आफुहरु देशमा भएको परिवर्तणको रक्षाका लागि सधै तत्पर रहने उनले बताए । उनले पछिल्ला धार्मिक विवादहरु नियोजित रहेको भन्दै सचेत हुन सबैलाई आग्रह गरे । मेची देखि धनुषा सम्मको यात्रामा पार्टी प्रति एक दमै उत्साह पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफुहरु केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि यो अभियान चलाइरहेको बताए । सो अवसरमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल सहित पार्टीका उपाध्यक्ष, महासचिव सहितका केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरुको सहभागिता रहेको छ ।