एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ : भारतिय स्वतन्त्रता अभियानका नायक राष्ट्रपिताको सम्मान समेत पाएका महात्मा गान्धीको जन्म जयन्ती जनकपुरधाममा पनि मनाइएको छ । गान्धीको १ सय ५४ औं जन्म जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ (क) समितिले आयोजना गरेको अहिंसा र समाजिक न्यायको निम्ति गान्धी विचार गोष्ठीमा बोल्दै वक्ताहरुले नेपालमा गान्धी विचारको अभाव महशुस भइरहेको भन्दै सम्बन्धनको हिसावले पनि कम्तिमा नेपाली कांग्रेसले गान्धी विचार छोडन नहुने बताएका छन् ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले गान्धी एक प्रयोग गरेको जस्को प्रयोगले हिंसा, दुश्मनी, सार्थक राजनितिमात्र होइन जिवन समेत प्राप्त हुने भएकाले गान्धी विचार र पथ कहिल्यै बिर्सन नहुने बताए । करिव डेढ घण्टा हिन्दीमा बोलेका पत्रकार झाको मन्तब्य शान्तिपुवर्क सुनेका सहभागि यस्ता सचेतना सहितको विचार प्रवाह मधेशका लागि अति आवश्यक रहेको बताए । गान्धीबाट मधेश र खास गरि जनकपुरधामवासीले सिक्न आवश्यक रहेको वरिष्ठ पत्रकार झाले बताए ।
एक त पहाडी समुदायको जनकपुरधामबाट बर्हिगमन र अव धार्मिक उन्मादको श्रृंखला भगवान नगरोस केहि होस उनले भने, ‘तर केहि भयो भन्ने मधेश बर्बाद हुन्छ ।’ उनले नेपाली कांग्रेसका नेताहरुलाई पनि सचेत गराए । भने, ‘ज्ञानेन्द्रको पालामा त कम्तिमा एसपी एसएसपी बनाई दिएकाहरुले थुना भित्रै फ्राइ र झोल पनि पठाइ दिन्थे अव केहि भयो भन्ने त्यो पनि पाइदैन होस गर्नोस ।’
संघियता माथी खतरा रहेको भन्दै उनले मधेश के का लागि लडयो र कता जाने भन्ने रुपरेखा कोर्ण नसकिरहेको बताए । गान्धीको जन्म, मृत्यू देखि उनका जिवनशैली, शिक्षा, सुरुवाती अभियान देखि राजनिति सफलता र नेपाल संगको सम्बन्धन सहितका कैयौं गान्धी विशेषता सुनाएका झाले पटक पटक भने कांग्रेसले कम्तिमा गान्धीलाई सम्झिरहेकोमा खुसी छ ।
सो अवसरमा त्रिवी राजतिनि शास्त्रकी प्रध्यापक रिना भट्टले पनि गान्धीको वृतान्त सुनाउदै गान्धीवादी विचारधाराको लोप हुनु खतरनाक हुने बताइन । उनले गान्धी एक प्रयोग रहेको जस्को प्रयोगले सार्थक जिवन मात्र नभई सार्थक परलोकको समेत प्राप्ती हुने बताइन् । कार्यक्रममा आयोजक तथा प्रदेश सांसद रामसरोज यादवले जनकपुरधाममा गान्धी विचारधारा निरन्तर प्रवाह गर्न अव अगामि दिन भव्य र व्यवस्थित कार्यक्रमको आयोजना हुने बताए ।
यादवले पनि गान्धीका विशेषता उनले भारत स्वतन्त्रताका लागि मात्र होइन जिवन दर्शनका लागि निभाएको भुमिकाको उदाहरणहरु प्रस्तुत गर्दै आफनो धारणा राखेका थिए । कांग्रेस धनुषा क्षेत्र नं. ३ क का सभापति छेदी राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापती योगेन्द्र पजियार, उपसभापतीद्वय लक्ष्मीनारायण यादव र गणेश झा, नेता गणेश तिवारी, युवा नेता कपिलदेव यादव सहितको उपस्थिती थियो ।