एसपी रिपोर्टर
जनकपुरधाम, असोज १५ : जनकपुरधाममा हिन्दुहरुको महान पर्व विजयादशमी भब्यतापुर्वक मनाउने सर्वपक्षिय सहमती भएको छ । श्री महाविर र श्री राम युवा कमिटिको आयोजनामा माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा व्यवस्थापन तथा बोकाबलीको व्यवस्थापनका लागि सोमवार भएको सर्वपक्षिय बैठकमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भव्यतापुर्वक विजयादशमीका सम्पुर्ण परम्परागत अनुष्ठान गर्न सहमती जुटेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी, तिनै तहका सुरक्षा निकायका प्रमुखहरु, जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघ, अघिकांश युवा क्लवका अध्यक्षहरु सहितको उपस्थितीमा भएको बैठकले मेला व्यवस्थापनको मुख्य मांग शुद्व खानेपानी सुविधा, विद्युत आपुर्ती र जनस्वास्थ्य तथा शान्ति सुरक्षाको सवालमा सबै क्षेत्रबाट सम्बन्धित निकायका प्रमुखहरुले हरेक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेको श्री राम युवा किमिटिका महासचिव पंकज कुमार आजादले बताए ।

बोकाबलीका लागि आउने भक्तजनहरुको राती र विहान प्रयाप्त खानेपानी आपुर्ती, मन्दिर छेउछाउका क्षेत्र लोडसेडिङ्ग मुक्त गरिने र अष्टमीका दिन विशेष मेडिकल क्याम्पको आयोजना गर्ने जिम्मेवारी समेत सम्बन्धित निकायलाई तोकिएको छ । धनुषाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेर गुठी संस्थानले आफना निर्णयहरु गर्ने, दुवै कमिटिका अध्यक्षहरुले प्रहरी प्रशासनसंगको समन्वयमा शान्ति सुव्यवस्थाको बन्दोबस्त गर्ने र उद्योग बाणिज्य संघले व्यापारजगतका सम्पुर्ण सहयोग गर्ने निर्णय भएको छ ।
सो अवसरमा श्री राम युवा किमिटिका पुर्व अध्यक्ष तथा संस्थापक प्रमोद चौधरीले २०४७ साल पछि जनकपुरधामको विजयादशमी यहाँका युवाहरुको अगुवाईमा हुन थालेको र पाएको भब्यताका विषयमा प्रकाश पारेका थिए । दुवै युवा किमिटिका अध्यक्षद्वय अजय गुप्ता र परमेश्वर साहको अध्यक्षतामा बैठक बसेको हो ।