FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश ५ का सवै नाका पुर्ण रुपमा सिल, नेपालगंजमा कर्फयु

प्रदेश ५ का सवै नाका पुर्ण रुपमा सिल, नेपालगंजमा कर्फयु

एसपी रिपोर्टर
काठमाण्डौं, वैशाख २२ :
कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।

कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ । यस तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि केन्द्रको बैठकले निर्णय गरेको छ ।

बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी र्पुयाउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसरी निर्माण कार्य सञ्चालन गर्दा सम्बन्धित निर्माण व्यवसायीले कामदारलाई ग्रुप आइसोलेसन गरी सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि भएको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

नेपालगंजमा २५ गते राती सम्म कर्फयु आदेश

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो । पहिलो संक्रमित व्यक्तिसँग सम्पर्क भएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा नेपालगञ्जको एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको डा. गिरीले बताए । आइतबार संकलन गरिएका स्वाबमध्ये ३० जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष
एस.पी. खबर विशेष

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

14 mins ago
विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै
एस.पी. खबर विशेष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

37 mins ago
मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०
एस.पी. खबर विशेष

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

2 hours ago
भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव
अन्तर्राष्ट्रिय

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

1 day ago
समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग
आर्थिक

समुन्नती कार्यक्रम अन्तर्गत ह्वील चेयर देखि व्यापारका लागि ठेला सम्म सहयोग

2 days ago
कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था
एस.पी. खबर विशेष

कुल जनसंख्याको १५ प्रतिशत बालबालिका बालश्रममा, यस्तो छ मधेशको अवस्था

2 days ago
महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित
एस.पी. खबर विशेष

महामना राजेश्वर नेपाली टि–२० क्रिकेटमा क्रमश बगेवा र रतौलीको जित

2 days ago
“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ
एस.पी. खबर विशेष

“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमको मधेश प्रदेशमा शुभारम्भ

3 days ago
आरती साह प्रकरण : श्रीमानलाई थुनामा पठाउने आदेश
अन्य

आरती साह प्रकरण : श्रीमानलाई थुनामा पठाउने आदेश

4 days ago
बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आजपाको प्रदर्शन
एस.पी. खबर विशेष

बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आजपाको प्रदर्शन

4 days ago

ताजा समाचार

लोसपामा राजेन्द्र महतोको विद्रोह, केन्द्रिय समिति बैठक बहिष्कार, भण्डारीको कटाक्ष

विषयगत किन बोल्न चाहदैनन् नेताहरु ? पत्रकारका अगाडि पनि उस्तै

मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८०

राजेश्वर नेपाली टि–२० क्रिकेट, पाँचौ दिनको खेलमा कपलेश्वर टिम विजयी

लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान सबैलामा पनि

राजेश्वर नेपाली टि–२० क्रिकेटमा बेला र कनकपट्टी टिम विजयी

भारत विरुद्व नेपाली भुमि प्रयोग भइरहेको प्रति भारतनै गम्भिर हुनपर्ने सुझाव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy