एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ : मिथिलानी नारीहरुको समुह, सखि बहिनपाले मिथिलाञ्चालको लोकपर्व बचाउने र प्रचार प्रसार गर्ने अभियानमा अग्रसरता देखाएका छन् । नव प्रवेशी पर्वहरु मिथिलामा तामझाम सहित विस्तार र हावी हुदै गएको भन्दै सखि बहिनपाले लोक पर्व बचाउन जितिया उत्सव मनाएका हुन ।
समाजमा लोकपर्व गौन हुदै जानु र वाहिरी पर्वहरु हावी हुदै जानु समाज र मिथिलाका लागि दु:खद रहेको बताउदै यस पर्वको महिमा, विशेषता दर्शाउन आफुहरु उत्सवका रुपमा मनाएको सखि बहिनपाकी भारती देवी चौधरीले बताइन । जनकपुरधामको एतिहाँसिक गंगासागरको गंगाआरती घाटमा सखि बहिनपा सहितका मिथिलानीहरु जम्मा भएर जितियाको पुर्व सन्ध्यामा जितिया उत्सव मनाएकी छन् ।
यो समुहले गत वर्ष स्थानिय नोचा पोखरीमा गरेको जितिया उत्सवले खुवै चर्चा पाएको थियो । यस्ता गतिविधीले स्थानिय सरोबरहरुको पनि गरिमा बढने र जितिया पर्वको पनि प्रचार प्रसार भई लोकपर्वको संरक्षण हुने बिश्वास सखि बहिनपाको छ ।
सो अवसरमा जितियामा प्रयोग हुने प्रसाद र स्रोत साधनहरुको प्रदर्शनी, जितियामा हुने विधी र व्यवहारहरुको प्रदर्शनी गर्नुका साथै विभिनन सांस्कृतीक कार्यक्रम र गितगान प्रस्तुत गरिएको थियो ।
समुहको जयेष्ठ सखि सुनिता मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पुनम झा मैथिल, बिन्दु ठाकुर, भारती चौधरी, आरती चौधरी, पुनम मिश्र, रुवी पाठक सहितकाले अगुवाई गरेकी थिइन ।