एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : बिश्व मुटु दिवसको अवसरमा जनकपुरधामको पिडारीचौक स्थित पार्वती हार्ट सेन्टरले निशुल्क मुटु परिक्षणका साथै उपचार सेवाका लागि शिविर सम्पन्न गरेको छ । विर अस्पतालका पुर्व मुटु रोग विभाग प्रमुख विशेषज्ञ प्रा. डा. राम किशोर साह र उनका सुपुत्र भर्खरै महराजगंज टिचिङ्ग हस्पिटलबाट डिएम गरेर प्रादेशिक अस्पतालमा समेत नियुक्त भएका डिएम डा. निश्चल साहद्वारा सञ्चालित सेन्टरको आयोजना भएको निशुल्क शिविरमा करिव डेढ सय जनाले निशुल्क उपचार गराएका छन् ।
सेन्टरका व्यवस्थापक विजय कामतीका अनुसार करिव डेढ सयले निशुल्क मुटुको परिक्षण र उपचार गराएको जानकारी गराएका छन् । उनले विरामीहरुको ईसिजी, इक्को सहितका निशुल्क परिक्षण गरिनुका साथै ब्लड प्रेसर, सुगर सहितको परिक्षण र परामर्श समेत शिुल्क प्रदान गरिएको बताए ।
चिकित्सकद्वय साहले यस वर्ष मुटु दिवसको नारा मन लगाउ आफनो मुटु बचाउ रहेको भन्दै आफनो मुटु ठिक छ छैन भन्ने कुरा बुझन आफनै मनले अग्रसर हुनुपर्ने आशय रहेको बताए । जाँच गरिएको करिव डेढ सय मध्ये २५ देखि ३० जनामा कुनै न कुनै किशिमको मुटुको समस्या वा जोखिम, उक्त रक्तचाप, मधुमेह जस्या समस्या देखिएको ५ देखि १० जनामा मुटुको बाथरोग जस्ता समस्या देखिएको डा. निश्चलले बताए ।
डा. निश्चलले मधेशमा मुटुको समस्या भयावह रहेकाले आफु पढेर मधेशमै काम गर्ने र सेवा गर्ने निश्कर्षमा पुगेको बताए । अनुभवी डा. प्रा. राम किशोर साहले खानपान, व्यवहार, व्यायाम सहितका कुरामा ध्यान दिन सकिए र आफनो शरिर मुल्यवान छ भन्ने कुराको महत्व बुझन सके मुटु रोगबाट बच्न सकिने बताए ।
चिकित्सकको सल्लाह भिडियोमा
साथै दिवसको अवसरमा जनकपुरधाममा शुक्रवार विभिन्न संघ संस्थाहरुले समेत प्रभातफेरी सहितका जनचेतना मुलक कार्यक्रम गरेका छन् ।