FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महोतरीमा १२ जना मृत्युको यस्तो छ कारण, प्रति परिवारलाई प्रदेश सरकारको एक/एक लाख राहत

१२ मध्ये ११ को मदिरा सेवन तथा एकको अचानक मृत्यु भएको ठहर

महोतरीमा १२ जना मृत्युको यस्तो छ कारण, प्रति परिवारलाई प्रदेश सरकारको एक/एक लाख राहत

संजय साह
जनकपुरधाम, वैशाख २२ :
महोतरीको भंगहा नगरपालिकाकामा अज्ञात रोगवाट धमाधम १२ जनाको मृत्यु भएपछि प्रदेश सरकार घटना स्थल पुगेको छ । सरकारका मन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा पुगेको सरकारी टोली प्रहरी प्रशासन संघिय सरकारकै मातहतमा रहेको अवैध मदिरा बन्द हुन नसक्दा मधेशमा मानविय क्षती भइरहेको आरोप लगाए । उनले प्रधानमन्त्रीलाई आराम गर्न समेत सुझाव दिएका छन् ।

प्रदेश २ का प्रवक्ता समेत रहेका आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले महामारीका वेला आफै विरामी रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले जनता स्वास्थ्य बनाउन नसक्ने बताएका छन् । महोतरीको भंगहा नगरपालिकाकाको विभिन्न वडामा अज्ञात रोगवाट धमाधम १२ जनाको मृत्यु भएपछि घटना स्थल पुगेका मन्त्री यादवले स्वास्थ्य सम्बन्धि अध्यादेश ल्याउनु पर्ने प्रधानमन्त्री पार्टी फोडने अध्यादेश ल्याएर आफनो चरित्र उदाङ्गो पारेको बताए ।

मन्त्री यादवले मृतक १२ जना सवैको परिवारलाई यस महामारीको घरिमा काज किरिया गर्न र बालबालिकाको भरणपोषण तथा शिक्षादिक्षाका लागि तत्काल प्रदेश सरकारले प्रति परिवार १ लाखको दरले सहयोग गर्न लागेको बताएका छन् । एता अज्ञात रोगहरुवाट धमाधम मृत्यु भइरहेको घटना बारे अनुसन्धान गर्न स्वास्थ्य सेवा विभाग काठमाण्डौं टेकुवाट आएको मेडिकल टिमका डा. अमृत पोखरेलले १२ जना मध्ये १० जनाको मदिरा सेवन, १ जनाको औलो रोग रहेको र थप मदिरा सेवन गरेको तथा अर्को एकजनाको अचानक मृत्यु भएको खुल्न आएको बताए ।

उनका अनुसार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट समेत चिकित्सकहरुको टोली आएर प्रत्येक परिवारसंग सोधपुछ गरि अनुसन्धान गरिएको छ । भंगहा नगरपालिकाका मेयर संजिव साहले कडा कानुन बनाएर मदिरा उत्पादन तथा विक्रि वितरण बन्द नभए सम्म घटना भइरहने बताए । धनुषा महोतरी सहित प्रदेश २ मा प्रहरी प्रशासनकै मिलिभगतमा मदिरा भठ्ठीहरु चलिरहेको उनको आरोप छ ।

समाजिक विकास मन्त्री नवल किशोर साहले सवै पार्टी मिलेर महामारी र यस्ता घटनाहरुको बारेमा मजबुत निर्णय नलिए सम्म समाजमा मानविय र भौतीक क्षती भइरहने बताए । केहि सांसदहरु समेत लिएर पुगेका प्रदेश सरकारका मन्त्रीहरु दुःखका वेला पिडित परिवारलाई प्रदेश सरकारले राहत एक एक लाख दिएपनि मृत्युको मुख्य कारण मदिरा सेवन बन्द गर्न आवयश्क रहेको बताउछन् । साथै प्रदेश सरकारले भंगहा स्थित प्रसुती गृहमा पाँचवटा बेड, औषधी, सुरक्षा समाग्री सहितको सरसमानहरु समेत नगर प्रमुख साहलाई हस्तान्तरण गरेका छन् । टोलीमा प्रदेश सांसदहरु जयनुल राइन, सुरिता साह, शारदा थापा सहितको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

14 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

15 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy