एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : देशको विभिन्न ठाँउहरुमा खुल्लेआम भइरहेको गौ हत्याको विरोधमा जनकपुरधाममा वृहत प्रदर्शन भएको छ । बिश्व हिन्दु परिषद नेपालको अगुवाईमा गाई सहित गरिएको प्रदर्शनमा गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर, जय सियाराम सहितका नारावाजी गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले सनातनी हिन्दुहरुको माता सरह पुजनिय, नेपालको राष्ट्रिय जनावर समेत रहेको गाई र गोरुको संरक्षणका लागि संविधानमै धारा उपधारा उल्लेख रहेपनि यसै देशमा गाईलाई मारेर भोज गर्नु र खुल्लेआमा प्रचार गर्नु अपराध रहेको भन्दै आफुहरु विरोध गर्न परेको जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले बताए ।

संविधान निर्माता र संरक्षक सरकार, सांसदहरुले नै गो हत्याको विरोध र संरक्षण गर्नुपर्नेमा राजनिति, विदेशी रकम र भोटको लोभमा मौन भएपनि आफुहरु नै सडकमा उत्रन बाध्य हुनुपरेको भन्दै उनीहरु आजको कार्यक्रमबाट सचेत गराईएको र गौ हत्या बन्द नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी साधु सन्तहरुले दिएका छन् ।

जानकी मन्दिर प्राङ्गणबाट निस्केको विरोध रयाली जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जनकचौकमा गएर कोणसभामा परिणत भएको थियो । रयालीमा परिषदका अगुवाहरु, साधुसन्तहरु, हिन्दु अभियानी युवाहरु सहित विभिन्न राजनितिक दलका नेता कार्यक्रताहरु समेतको उपस्थिती थियो ।
