एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ : मधेशको स्वभिमान र समृद्विका लागि एमालेको सरकार माग्दै नेकपा एमालेले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ मा गर्ने भएको छ । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजानिक गर्दै एमालेका सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले विगतको छ वर्षको मुल्याङ्कन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेकाले यसै नाराका साथ २०८४ को चुनावमा पनि जाने बताएका छन् ।
एमालेले विगत छ वर्षमा मधेश केन्द्रित दलले मधेशमा विकास, सुशासन, सुरक्षा सहितको सवालमा राम्रो काम गर्न नसकेको निश्कर्ष निकालेको छ । प्रदेश सरकारले कर्मचारी र प्रहरी प्रशासन बिना काम गर्न नसकिरहेको बताइरहेका बेला एमालेले भने आफुहरुले सरकारको नेतृत्व पाउन नसक्दा मधेश जस्ताको त्यस्तै रहेको दावी गरिरहेको छ ।
एमालेको नारामा ‘समाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वभिमान र समृद्विका लागि एमालेको सरकार’ रहेको छ भन्ने हसिया भित्र एक आकारको हथौडा र मधेश प्रदेशको मुख्य धार्मिक सम्पदा तथा स्थल समावेश गरिएको छ । २४ गते महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीले समुदघाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधीहरुको सहभागिता रहने भट्टराइले बताए ।
सो अवसरमा पार्टीका मधेश अध्यक्ष रामअवतार यादव, नेतृ जुली महतो, लिलानाथ श्रेष्ठ सहितको उपस्थिती थियो । एमालेको मधेश प्रदेश कमिटि २ सय १० सदस्सीय हुनेछ ।