एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ : नेपाली कांग्रेसका सहमहामन्त्री महन्द्र यादवले गृहमन्त्री नारायणकाजी श्रेष्ठ छानि छानि कांग्रेस फँसाउने अभियान चलाएको भन्दै पार्टी सचेत हुन आवश्यक रहेको बताएका छन् । केन्द्रिय समितिको बैठकमा बोल्दै सहमहामन्त्री यादवले भने, ‘राम बहादुर थापा बादल’ बाट सुरु भएको भुटानी शरनार्थी प्रकरणमा उनी दुई बाउछोरा बाहिर रहेपनि हाम्रो नेता भित्र छ ।’
उनले कांग्रेसी नेताहरुलाई कमजोर बुझेरै आक्रमण गर्न सजिलो हुने बुझेर विभिन्न आक्रमण भइरहेको बताउदै अझै पनि कांग्रेसनै राम्रो र सहज पार्टी रहेको कुरा जनताले बुझीरहेको तर्क गरे । कांग्रेसी नेता अरु भन्दा सहज छ त्यसैले यस्ता स साना घटना स्वभाविक हो, उनले भने । उनले खुकुरी लिएर कांग्रेस काट्न हिनेका अपराधीको अगाडि आफु पहिला आएर अन्यलाई बचाएकोमा खुसी लागेको बताए ।
राहत शिक्षकहरुको आन्दोलनमा आफनो समर्थन रहेको भन्दै उनले संविधानका पिता कांग्रेसकै तत्कालिन सभापती शुशिल कोइराला रहेको भन्दै कांग्रेसीले अहिले नै संविधान बारे नाकारात्मक टिकाटिप्पनी शोभनिय नहुने बताए ।