एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : मान्छेलाई कुनै पद दियो भन्ने हुरुक्क हुन्छ । त्यसमा पनि राष्ट्रिय पार्टी रहिसकेको कुनै राजनितिक दलको केन्द्रिय महासचिव पद अहिलेको परिपेक्षमा कस्ले अस्वीकार गर्ला र ? तर यस्तो भएको छ । लोसपाका युवा नेता अनिल महासेठले पार्टीले मनोनयन गरिदिएको महासचिव पद अस्वीकार गर्दै समिक्षात्मक प्रतिक्रिया जनाएर सुधारवादी राजनिति संस्कार प्रदर्शन गरेको भन्दै उनको प्रशंसा भइरहेको छ ।
लोसपा अध्यक्ष महन्त ठाकुरले एकाएक महासचिव मनोनित गरिदिएपछि पार्टीका युवा नेता अनिल महासेठले समाजिक सञ्जालमा लेखेका छन, ‘लाखौं प्रतिबद्ध नेता कार्यकर्ता र यो देशमा बहिस्करन मा परेका शोशित , पीडित हरु को आशा , भरोसा को केन्द्र , हाम्रो लोकतान्त्रिक समाजबादी पार्टी का श्रदय अध्यक्ष मा. महन्त ठाकुर जि ले आज बिस्तार गर्नु भएको पार्टी को केन्द्रिय समिती मा मलाई महासचिव जस्तो जिम्मेवार पदको लायक सम्झेर मनोनीत गर्नु भएको मा हार्दिक धन्यवाद दिन चाहन्छु ! साथै यस पार्टीमा जिम्मेवार साथीहरूको अवमूल्यन हुनु, उचित स्थान पाउन नसक्नु दु:खद अवस्था हो! म महासचिवको अपेक्षाकृत थिइन छैन पनि, अहिलेको परिस्थितिमा लोसपाको केन्द्रिय महासचिव पद बाट मेरो नाम हटाएर अन्य जिम्मेवार साथी लाई सो पद दिन आदरणीय पार्टी अध्यक्ष जि सङ आग्रह गर्द्छु! धन्यवाद ! जय देश! जय मधेश!
एसपी खवरसंग उनले भने, ‘म महासचिवको अपेक्षा गरेकै होइन, म कमजोर पार्टीको महासचिव होइन बलियो पार्टीको सदस्य बन्न चाहेको छु ।’ उनले पार्टीलाई मजबुत बनाउन आफुलाई दिएको पद तत्काल अर्का योग्य नेतालाई दिएर पार्टी एक ढिक्का पार्न पार्टी अध्यक्षलाई आग्रह सहितको मनोभाव व्यक्त गरेका छन् ।
उनको फेसबुकको सो पोष्टमा धेरै सकारात्मक प्रतिक्रियाहरु देख्न सकिन्छ । यस्ले मधेश र देशको राजनितिमा एक नयाँ संकेत र प्रभाव छोडने प्रतिक्रियाहरु आइरहेको छ ।