एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : जानकी मन्दिर दर्शन र पुजापाठ सहित विभिन्न कार्यक्रमका सरिक हुन जनकपुरधाम आइपुगेका राष्ट्रपति रामचन्द्र पौडेल आफनो नागरिक अभिनन्दन समारोहमा सचिवालयले लेखेको लिखित मात्र होइन मौखिक रुपमा खुलेर बोल्दा नेताहरु उत्साहित भए । समारोहमा मधेशका मुख्यमन्त्रीले संघिय संविधान माथी खतरा रहेको भन्दै बचाई दिन गुहार गरेपछि राष्ट्रपतिले देउवा, ओली र प्रचण्डलाई बोलाएर कुरा गर्ने बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र स्थानिय सरकारका लागि संविधानले सुरक्षित गरेको सम्पुर्ण अधिकार प्रदान गर्ने प्रक्रियामा विलम्व गर्न नहुने बताएका छन् । राष्ट्रपति पौडेलको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुनै पनि वाहानमा संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कार्य हुन नदिने बताएका छन् ।

मुख्यमन्त्रीको गुहारलाई मौखिक रुपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुख्यमन्त्रीले उठाएको कुरा संविधानको रक्षकको नाताले आफुलाई साह्रै मन परेको बताउदै देउवा, ओली र प्रचण्डलाई बोलाएर यस विषयमा आफु कुरा गर्ने बताए । वहाँ तिनजना मिल्नुपर्ने न हो ? भन्दै राष्ट्रपतिले भने, ‘म भन्छु तिनै जना मिल्नु भयो भने देशको विकास र संविधानको कल्याण सबै सम्भव छ ।’

राष्ट्रपति पौडेल मधेशको सिंचाई अभावका बारेमा आफुलाई अवगत रहेको भन्दै त्यसका लागि प्रयास भइरहेको र अझै कामका लागि राजनितिक दल र सरकार तदारुकता देखाउनुपर्ने बताए । उनले मधेशका अन्न र पहाडको जलविद्युतले नेपाललाई स्मृद्व बनाउन सक्ने क्षमतावान रहेको बताए । म राष्ट्रपति भएपछि देशमा भाईचारा र सबै क्षेत्रको अपनत्वका लागि पशुपतीनाथ, स्वम्भुनाथ, गोरखनाथ र गोरखकालीका साथै जानकी मन्दिरको दर्शन गरेको बताए । देशको सिमामा बसेर सिमाको रक्षा गर्ने सच्चा राष्ट्रवादी मधेशी जनतालाई सिंहदरबारको शासकले चिन्नु पर्ने र सम्मान गर्नुपर्ने उनको भनाई थियो ।

त्यस अगाडि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संविधानमा उल्लेख भएको कर्मचारी र प्रहरी प्रशासन बिना काम गर्न अप्ठेरो हुँदा जनताहरुको बिश्वास प्रदेश सरकारबाट हट्न थालेको भन्दै संविधानको रक्षकको नाताले संघियता बचाउन सक्रिय भइदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए । मुख्यमन्त्री यादवले प्रदेश सरकार नरहे संघियता धरापमा पर्ने भन्दै संविधानमा उल्लेख अधिकार प्रदान गर्न लगाई काम गर्ने वातावरणको निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
त्यस अगािड राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र उपमेयर किशोरी साह सहितकाले नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेका थिए भने राष्ट्रपति पौडेलले महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुदघाटन गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता विमलेन्द्र निधी, एमाले नेतृ जुली महतो, जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, मुख्यमन्त्री सरोज कुमार यादव सहितकाले सम्बोधन गर्दै राष्ट्रपति पौैडेलको राजनितिक जिवनको चर्चा गर्नुका साथै नागरिकता ऐन प्रमाणीकरणका लागि धन्यवाद ज्ञापन गरेका थिए । त्यस अघि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र समुदघाटन कार्यक्रममा सहरी विकास मन्त्री सिता गुरुङ्ग र सचिव रविन्द्रनाथ श्रेष्ठले केन्द्रको निर्माण, उद्देश्य र जनकपुरधाममा यस्को विशेषताको विषयमा प्रकाश पारेका थिए ।

जनकपुरधाम विमान स्थलमा विहान ९ बजे नेपाली सेनाको विमानबाट अवतरण गरेका राष्ट्रपति पौडेल त्यहाँबाट सिधै जानकी मन्दिर पुगेर विशेष पुजापाठ र दर्शन अवलोकन गरेका थिए भने त्यसपछि प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेका दिवा भोज र नेपाल राष्ट्र वैंकको अतिथि गृहमा विशेष भेटघाटमा सहभागि भएका राष्ट्रपति पौडेल ४ बजे काठमाण्डौंका लागि सोमवारनै प्रस्थान गरेको छ ।