एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : पठन संस्कृतीको विकास गर्ने उद्देश्यले साझा प्रकाशन मधेश प्रदेशले जनकपुरधाममा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजना गरेको छ । हिन्दुहरुको महान चाड विजयादशमी, दिपावली र छठको अवसरमा जनकपुरधाममा सुस्त हुदै गएको पठन संस्कृतीको विकासका लागि प्रदर्शनीको आयोजना गरिएको प्रकाशन मधेश प्रदेश समितिका प्रमुख दिलिप गुप्ताले बताए ।
प्रदर्शनीको समुद्घाटन गर्दै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पुर्खाहरुको अनुभव र ज्ञान पुस्तकमा मात्र पाइने भएकाले बिना अध्यन र पठन पाठन आफनो पुर्खा र संस्कृतीको वास्तविक जानकारी समेत नहुने भएकाले पुस्तक पढने बानी बसाल्नुपर्ने बताए । सभामुख मण्डलले प्रकाशनको मधेश प्रदेश कार्यालय व्यवस्थित र ज्ञानस्थलको रुपमा हुनुपर्ने भन्दै आफु आवश्यक पर्ने सहयोग गर्ने बताए ।
कार्यक्रममा उपस्थित सभामुख साहित्यकार रामभरोस कापडी भ्रमर, रोशन जनकपुरी, अयोध्यानाथ चौधरी, रेवती रमण लाल सहितकाले जनकपुरधाममा पठन पाठनको संस्कार विकास गर्न समेत साँझा प्रकाशन सहितका संस्थाहरुको विकास आवश्यक रहेको बताए ।

प्रकाशन मधेश प्रदेश कार्यालयका प्रमुख गुप्ताले मावि तह सम्मको पाठयपुस्तक प्रकाशनको अधिकार खोसेर साहित्यीक पुस्तक प्रकाशनमा मात्र सिमित गरिएपछि साँझाको अवस्था कमजोर भएको भन्दै राज्य चिन्तनशिल हुन आवश्यक रहेको बताए । उनले प्रदर्शनीमा २० देखि ८० प्रतिशत सम्मको छुटको सुविधा सहित हजारौं ज्ञानवर्दक पुस्तक उपलब्ध रहेको बताए ।