पुरन रौनियार
जनकपुरधाम, असोज ७ : दशकौं मधेश प्रदेशको राजधानी जनकपुरधाममा एउटा स्तरीय सभाहलको अभाव देखिन्थ्यो । सभाहल निर्माणको पहल नभएको पनि होइन । २०५७ सालमै शिलान्यास भएर विभिन्न कारण लथालिङ्ग अवस्थामा रहेको काठमाण्डौंको राष्ट्रिय सभा गृह जस्तै स्तरीय महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको भोली राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा समुदघाटन गर्ने भएपछि स्थानिय उत्साहित भएका छन् ।
जनकपुरधाम एतिहाँसिक त्रेता युग देखिकै विद्वान, प्राज्ञिक, साहित्यतीक, शिक्षित, सांस्कृतीक गतिवित्रीको क्रिडास्थल हो । तर त्यस्ता गतिविधीहरु गर्नका लागि यहाँ उपयुक्त सभाहलको अभाव रहेकाले सम्बन्धित क्षेत्रका अगुवाहरुलाई दशकौंको अभाव र खिन्नताको अन्तत: अन्त्य हुने भएको छ । सोमवार हुन लागेको राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमणका क्रममा २३ वर्ष देखि निमार्णधिन महेन्द्र नारायण निधि मिथिला संस्कृतति केन्द्र सभाहलको समुदघाटन हुने भएको छ ।
समुदघाटनका लागि तयारी अन्तिम चरणमा छ । ५ सय ४० दर्शनदिर्घा सहित कुल छ सय सिट क्षमताको सभाहलको समुदघाटनले यहाँका प्राज्ञिक व्यक्तित्वहरु उत्साहित भएका छन् । साहित्यकार तथा विज्ञ रोशन जनकपुरी अव जनकपुरधाममा पनि स्तरीय कार्यक्रमको सुविधा भएकोमा खुसी व्यक्त गर्छन ।
स्थानिय बौद्विक व्यक्तित्वहरु राजनितिक कार्यक्रम गर्न यहाँको बाह्रबिघ्घा रंगभुमि मैदान, तिरहुतिया गाछी सहितका मैदानहरु रहेपनि बौद्विक र सांस्कृतीक गतिविधी र मन्थनका लागि अभाव रहेको सभाहलको उपब्धताले जनकपुरधामलाई मधेशको वास्तविक र सुविधानजनक राजधानीको रुपमा उठान गर्ने राष्ट्रपति कार्यालय शितल निवासका प्रेस संयोजक लिखा कार्कीको भनाई छ ।
सोमवार समुदघाटन हुने सोहि सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन पनि गर्ने कार्यक्रम छ । सभाहल बनेपछि अव स्तरीय कार्यक्रम गर्नका लागि काठमाण्डौं र बिरगंज जानुपर्ने बाध्यताको अन्त्य हुने जनकपुरधामका प्रमुख मनोज कुमार साहको भनाई छ ।
२०५७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारको पालामा यस्तै उद्देश्यहरुका साथ कांग्रेसका अगुवा नेता स्व. महेन्द्र नारायण निधिकी धर्म पत्नी प्रेम सागर देवीले शिलान्यास गरेकी सभाहल चरणबद्ध योजना अन्तर्गत १२ करोड २४ लाख ७९ हजारको लागतमा तयार भएको छ ।
नेपाली कांग्रेसका पुर्वउपसभापती तथा प्रतिनिधीसभा सदस्य विमलेन्द्र निधीले राष्ट्रपतिको आगमनको यस उत्तम समयलाई अर्को पनि मुख्य काममा सदुपयोगका गर्नकै लागि वाँकी रहेको काम द्रुतगतिमा काम सम्पन्न गर्न लगाई केन्द्रको समुदघाटनको वातावरण सम्भव भएकोमा खुसी व्यक्त गरेका छन् ।
वाताअनुकुलित, भिभिआइपी प्रतिक्षा कक्ष सहित सुविधा सम्पन्न सभाहलको भने संरक्षण कसरी हुन्छ भन्ने चुनौती रहेको जानकारहरु बताउछन् । शिलान्यास भएपनि देशमा तत्कालिन समयमा भएको द्वन्द्व निरुपण र सुरक्षालाई दृष्टिगत गर्दै करिव दुई दशक सशस्त्र र नेपाल प्रहरीको वासस्थान ब्यारेकको रुपमा रहेको यो भवन बल्ल प्रयोगमा आउने भएको छ । यस्का साथै सोमवार राष्ट्रपति पौडेलको जनकपुरधामको जानकी मन्दिरमा हुने विशेष पुजापाठ र दर्शनको कार्यक्रमको तयारी समेत अन्तिम चरणमा पुगेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।