एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
जनकपुरधामकाे श्रीराम युवा कमिटी बौद्धी माता अन्नपूर्णा अमरखाना माताकाे पूजाका लागि विभिन्न उपसमिति चयन गरिएको छ । कमिटीको ७४औँ साधारणसभाबाट बौद्धी माता अन्नपूर्णा अमरखाना माताको पूजालाई भव्य बनाउनका लागि विभिन्न उपसमिति भयन गरिएको हो ।
बैठकबाट मूल अर्थ संकलन उपसमिति कमिटीका अध्यक्ष प्रमेश्वर प्रसाद साहको संयोजकत्वमा चयन गरिएको हो । बौद्धी माता मन्दिरको पूजा संयोजकमा रंजित कुमार र अन्नपूर्णा अमरखाना मन्दिरको पूजाको संयोजकमा जितेन्द्र भगतलाई चयन गरिएको हो ।
त्यस्तै शुभकामना जुलुश एवं फूलपाती संयोजकमा लोकेश्वर झा, सुरक्षा समिति संयोजकमा गोविन्दकुमार ठाकुर, भजन सन्ध्या कार्यक्रमको संयोजकमा विरेन्द्र ठाकुर, निःशुल्क भोजन व्यवस्थापनको संयोजकमा रामगोविन्द साह, निःशुल्क सर्वत संयोजकमा लक्ष्मण साहलाई चयन गरिएको छ । लाइट साउण्ड पण्डाल डेकोरेशन, छठ पूजा र महाअष्टमी खुट्टा खम्बा लाइन संयोजकमा रामकुमार मण्डललाई चयन गरिएको छ । त्यस्तै नवमी महाप्रसाद संयोजकमा अनिकेत ठाकुरलाई चयन गरिएको हो ।