एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
महावीर युवा कमिटीले राजदेवी माताको पूजालाई भव्य बनाउनका लागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ । महावीर युवा कमिटीले ५६औँ साधारण सभाबाट राजदेवी पूजलाई भव्य बनाउनका लागि विभिन्न समिति चयन गरेको हो ।
बैठकबाट राजदेवी पूजाको मूल पूजा संयोजकमा राजा भगतलाई चयन गरिएको हो ।
यसका साथै विभिन्न १४ वटा उपसमिति समेत चयन गरिएको हो । सुरक्षा तथा लाईन व्यवस्थापन संयोजकमा शशी साह, भव्य सिंगार संयोजकमा संजीव साह, विज्ञापन संयोजकमा दिपक कुमार गुप्ता, पार्क संरक्षण संयोजकमा दिपक साह, मेला संयोजकमा रौशन साह, भजन संध्या संयोजकमा शम्भु कुमार साह, प्रसाद तथा महाप्रसाद संयोजकमा सुनिल मिश्रा, बिजय जुलूस संयोजकमा अजित शर्मा, रावण वध तथा लंका दहन संयोजकमा बलराम साह, गहवर व्यवस्थापन संयोजकमा ओमप्रकाश गुप्ता, नास्ता तथा खाना संयोजकमा संतोष साह, शीतल जल संयोजकमा संतोष शर्मा, सरसफाई संयोजकमा सुनिल राउत र गहबर संयोजकमा ओमप्रकाश गुप्तालाई चयन गरिएको हो ।