एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : मधेशको समान्य भइरहेको भएपनि ग्रामिण भेगमा रक्तदान अकल्पनीय जस्तै छ । खासगरि ग्रामिण महिलाहरु शरिरको रगतलाई अतिमुल्यवान भन्दै दान गर्ने सोच्न पनि सक्दैनन र आफनो सन्तानलाई पनि रक्तदान नगर्न कराउछन् ।
तर बुधवार धनुषाको रघुनाथपुरमा लायन्स क्लव अफ काठमाण्डौं बंगलामुखीको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक दर्जन महिलाहरुले रक्तदान गर्दा चौतर्फी सराहना भइरहेको छ । समाजिक सञ्जालमा महिलाहरुले गरेको रक्तदानको तस्वीर सवैका लागि प्रिय भइरहेको छ ।

शिक्षित गाँउ भनेर चिनिने रघुनाथपुरका महिलामा देखिएको यो प्रभाव शिक्षा, ज्ञान, समाजिक सञ्जालमा सुचनाको पहुँच, घरायसी सदभाव र सचेत सुझबुझकै कारण हो । हुन त रक्तदान गर्ने एक दर्जनमा अशिक्षित पनि छन तर उनीहरु पनि रक्तदानको विशेषता र फाइदा बारे बुझेर आत्मसाथ गरिसकेकी छिन् ।
रक्त संकलनका लागि गाँउमा पुगेका नेपाल रेडक्रस सोसाइटी प्रयोगशालाका प्रमुख नारायण न्यौपानेले रघुनाथपुरमा रक्तदानका लागि महिलाहरुले देखाएको सदभाव र उत्सुकताले आफु उत्साहित भएको बताउदै ग्रामिण महिलामा रक्तदानका लागि जनचेतना अभाव रहेको बताए ।

लायन्स क्लव बंगलामुखीका सचिव स्थानिय आयोजक विनोद पालले कुल ५१ जनाले रक्तदान गरेकोमा एक दर्जन मात्र महिला रहेपनि ति एक दर्जन महिलाको तस्वीर समाचारले भविष्यमा महिलाको जमातलाई नै रक्तदानका लागि प्रेरित गर्ने बिश्वास व्यक्त गरेका छन् । सो अवसरमा पत्रकार सुरेश यादवले ३६ औं पटक रत्तदान गरे । सो अवसरमा उपस्थित पुर्व प्रदेश सांसद किशोरी साह कमलले रक्तदानमा महिला र युवाको सक्रियता र उत्साह समाजिक हितका लागि फलदायी सावित हुने बताए ।