एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३ : आज आठौं संविधान दिवस । देशभरि झन्डोतोलन, राष्ट्रिय झन्डासंग सेल्फी सहित विभिन्न कार्यक्रम गरि मनाई रहँदा मधेश भने सुनसान छ । एकातिर आज राष्ट्रिय विदा दिइएकाले शैक्षिक संस्थाहरु ठप्प छ भने अर्को तिर मधेश सरकार आजको दिवसमा मौन वस्दा संविधान दिवसको रौनककै खतम भएको छ ।
बिश्वकै उत्कृष्ट भन्दै नेपालको संविधान २०७२ जारी भएको आज आठ वर्ष पुरा भएको अवसरमा संविधान दिवस देशभरि मनाई रहँदा मधेशमा भने त्यसको कुनै प्रभाव देखिदैन । मधेश केन्द्रित दलहरु कोहि मौन त कोहि सडकमा विरोधमा आज उत्रिदा कांग्रेस सहित मुख्य पार्टीका मधेशी नेताहरु पनि संविधान दिवस मनाउन उत्सुकत नहुँदा दिवसको प्रभाव मधेशमा भन्दा समाजिक सञ्जालमा मात्र देखिन्छ ।

यद्यपि नेकपा एमालेका नेताहरु एक कार्यक्रममा सहभागि हुन मधेशको राजधानी जनकपुरधाम आएकाले संविधान दिवसको अवसरमा जानकी मन्दिरको फुलवारी नेपालको राष्ट्रिय झन्डाको झन्डोतोलन गरेर संविधान दिवस मनायो र आफना मधेशका नेता कार्यक्रता अगाडि पुन: संविधानलाई बिश्वको उत्कृष्ट दावी गरेका छन् ।

एता कांग्रेस सहित मधेश सरकार तथा मधेश केन्द्रित दल भने कोहि मौन छ त कोहि सडकमा असोज ३ कालो दिन भन्दै विरोध जनाइरहेको छ । लोसपा र तमलोपा सडकमा विरोध प्रदर्शन गरेका छन भने प्रदेश र केन्द्रिय सरकारमा रहेका जनमत पार्टी एकलाईनको विज्ञप्ती निकालेर विरोध जनाएको छ । तमलोपा विहानै जनकपुरधामको विभिन्न चौकमा विरोध प्रदर्शन र वेलुका जनकचौकमा विरोधसभा गर्दै छ भने लोसपा जनकचौकबाट विरोध प्रदर्शन सहित विरोध कोणसभा गरेको छ । जनमतका नेताहरु समाजिक सञ्जालमा एकलाईनको विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।

उनीहरु केन्द्रित दलका नेताहरु मधेशमा गोली चलाएर, डरत्रास र असन्तुष्टिका बिच संविधान घोषणा भएको र असन्तुष्टिका विषयहरु अझै थाँती रहेकाले दिवस मनाउन नसकिने बताइरहेका छन् । जसपाको नेतृत्वमा रहेको मधेश सरकार न त संविधान दिवस मनाउन कुनै औपचारिक कार्यक्रम गरेको छ न त कुनै विरोधका कार्यक्रम नै नगरि मौन बसेको छ । कांग्रेस नेतृत्वमा रहेको प्रदेश प्रमुखको कार्यालयमा समेत दिवसमा मौन देखिन्छ ।
संविधान घोषणा भएको संविधानसभाका सदस्य तथा मधेश मामिलाका जानकार डा. विजय कुमार सिंहका अनुसार संविधान संसोधनको मुद्दा कमजोर पार्न सत्ताशासनको पहुँचमा रहेको शक्तिले मधेश केन्द्रित दललाई विभिन्न जालझेल र लोभमा फँसाएर तोडफोड गरि कमजोर बनाएको र मधेशी दलहरु पनि मुद्दा भन्दा सत्तामा केन्द्रित भएकाले कमजोर भएको बताउछन् ।
आफु पनि मधेश केन्द्रित दलमै आवद्व रहेको बताउदै उनले मधेशी दलबाट कमजोरी भएपनि संविधान संसोधनको मुद्दा नहराएको र कसै न कसैले पुन: जोडदारमा उठाउने बताउछन् । प्रदेश सरकार मात्र होइन धनुषाको १८ सहित मधेशका अन्य जिल्लाका स्थानिय सरकारहरुले पनि उत्साह र चर्चा पाउने किशिमका दिवसमा कुनै पनि कार्यक्रम नगरेको, अत्याधिक गर्मीले बजारमा चहलपहल नहुनु र विदा भएकाले शैक्षिक संस्था ठप्प भएपछि मधेशमा संविधान दिवसका दिन खल्लो भएको देखिन्छ ।