एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : राष्ट्रपति रामचन्द्र पौडेलको असोज ८ गते हुन लागेको जनकपुरधाम भ्रमणलाई सभ्य र भब्य बनाउन कांग्रेसका नेताहरु जिल्लामा सक्रियमा भएका छन् । आज एकै दिन कांग्रेसका नेताहरु विमलेन्द्र निधि, आनन्द प्रसाद ढुङ्गाना र रामकृष्ण यादव धनुषा आएर राष्ट्रपतिको आगमण, गरिन नागरिक अभिनन्दन सहितको व्यवस्थापनका सम्भावित स्थलहरुको अवलोकन गरेका छन् ।
सोहि क्रममा नेताहरुले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको स्व.महेन्द्र नारायण निधि सांस्कृतिक भवनको समेत अवलोकन गर्दै नागरिक अभिनन्दनका लागि सो सभाहलको सम्भाव्यता बारे बुझेका छन् । आजै जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा वृहत सर्वपक्षिय बैठक बसेर कार्यक्रम र त्यसका तयारीका लागि विभिन्न समिति तथा उपसमितिको निर्माणको निश्कर्ष लाग्ने समेत बताइएको छ ।

असोज ८ गते आउन लागेको राष्ट्रपति पौडेलको जानकी मन्दिरमा विशेष पुजापाठ र दर्शनको कार्यक्रम छ । साथै राष्ट्रपति पौडेल मधेश र देशको मुख्य समस्या जन्मसिद्वका सन्तानलाई नागरिकता प्रदान गर्न सहज हुने नागरिकता सम्बन्धी ऐन प्रमाणिकरण गरेकाले मधेशको केन्द्र जनकपुरधाममा वहाँको भव्य स्वागत र नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।
