एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधिले लायन्स क्लव र नेपाली कांग्रेसको पुरानो साइनो रहेको बताएका छन् । देशमा लायन्स क्लवको आगमन हुँदा नेपाली कांग्रेसकै तत्कालिन नेताहरुले अगुवाई गरेर कुशलता पुर्वक संगठन निर्माण र विस्तारमा भुमिका निर्वाह गरेको निधिले बताए ।
जनकपुरधाममा लायन्स क्लव अफ जनकपुरधाम जानकी, लायन्स क्लव अफ जनकपुरधाम राजधानी र लायन्स क्लव अफ जनकपुरधाम आस्थाको एक वर्षे नयाँ कार्यकालका सभापतीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै निधी सहित लायन्स क्लवका केन्द्रिय पदाधिकारीहरुले समेत सो कुरा पुष्टी गरे ।

नेपालमा लायन्स क्लवको पहिलो अध्यक्ष कांग्रेस नेता पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइराला रहेको स्मरण गराउदै निधिले कांग्रेसका लागि लायन्स र लायन्सका लागि कांग्रेस जस्तै सम्बन्ध रहेको बताए । सो अवसरमा क्लव जानकीका सभापती प्रमोद साह, राजधानीका सभापती नरेश साह र आस्था सभापती शुनिल यादव सहितको पदभार ग्रहण गराउनुका साथै लायन्सको विधी पुर्वक सपथ ग्रहण गराइएको छ ।

सो अवसरमा डिस्ट्रीक्ट गर्भनर शिव कुमार कटवाल, सेकेन्ड भाइस डिस्ट्रीक्ट गर्भनर केशर भण्डारी, क्याविनेट सकेरेट्री मनोज सापकोटा, क्याविनेट ट्रेजर भुवन नेपाल, पास्ट डिस्ट्रीक्ट गर्भनर मधुकर उपाध्याय, कोअपरेट पार्टनरशिप डिस्ट्रीक्ट चिफ मनिष रमण साह, कांग्रेस धनुषा सभापती योगेन्द्र पजियार र उद्योग बाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ सहितकाले शुभकामना मनतब्य राखेका थिए ।

सो अवसरमा लायन्स क्लव अफ जनकपुरधाम आस्थाकी जोन चेयरपर्सन डा. निमु यादवले लायन्स क्लवको केन्द्रिय समितिलाई एक हजार डलरको चेक हस्तान्तरण गरेकी थिइन । कार्यक्रम गत शनिवार आयोजना गरिएको थियो ।
