एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ : नेपाली काँग्रेसका पुर्व उपसभापती तथा प्रतिनिधीसभा सदस्य विमलेन्द्र निधिले सरकारको कामकारवाही सन्तोष जनक नरहेको बताउदै गठबन्धन भित्र पनि असन्तुष्टि रहेको बताएका छन् ।
आइतवार धनुषाको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले निर्वाचनमा कुनै एक दललाई जनताले बहुमत नदिँदा गठबन्धनको सरकार बनाउनु परेको जस्ले खिचातानी हुँदा काम प्रभावकारी हुन नसकिरहेको बताएका छन् ।
निधिले प्रचण्ड पछि माधव नेपाल र त्यसपछिको चुनावी सरकार देउवाको नेतृत्वमा बन्ने सहमतिकै आधारमा गठबन्धन चल्ने र सरकार पनि चल्ने बताए । उनले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामको जानकी मन्दिर दर्शका लागि आउन लागेको जानकारी गराउदै भब्य नागरिक अभिनन्दन गरिने बताए ।
उनले जनकपुरधाम आएका बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक सय करोड रकम जनकपुरधाममा निर्माणधिन श्री रामजानकी अन्तराष्ट्रिय बहुद्देश्य रंगशाला निर्माणमा खर्च गर्न भारतिय पक्ष सकारात्मक देखिएको भन्दै मधेश र स्थानिय सरकार डिपिआर बनाउनुपर्ने बताए ।
नेता निधिले मधेशमा अर्थतन्त्र निकै खस्किएकाले यस तर्फ मधेश प्रदेश सरकारले अहिलेदेखि नै अर्थतन्त्रलाई कसरी बलियो बनाउने र यसका लागि कार्ययोजना बनाई काम गर्न सुझाव दिए ।