एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३० : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (एन प्याबसन ) धनुषाको नयाँ कार्यसमिति चयन भएको छ । सचिव, उपाध्यक्ष सहितका कार्यभार कुशलता पुर्वक निर्वाह गरिसकेका एनप्यावसनको नयाँ अध्यक्षमा आशिष झा सर्वसम्मत चयन भएका छन् ।
झाको नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्य समिति चयन भएको हो । केन्द्रिय उपाध्यक्ष तथा महासचिवको विशेष उपस्थितीमा शनिबार जनकपुरधाममा भएको एन प्यावसन धनुषाको नवौँ अधिवेशनाट झाको नेतृत्वमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रमोद कुमार अग्रवाल, उपाध्यक्षमा डा. अनिल कुमार अग्रवाल, सचिवमा दिपेन्द्र कुमार चौधरी, सहसचिवमा कञ्चन कर्ण, कोषाध्यक्षमा अभिषेक चौधरी र सहकोषाध्यक्षमा अताबुल अहमद चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा सुर्यनाथ गोइत,राजु यादव, डा. सन्तोष कुमार कर्ण, महेन्द्र महतो, मिरा पाण्डे चयन हुनु भएको छ । नेपाल सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागेको बेला झा नेतृत्वको नयाँ कार्यसमिति समक्ष अनेकन चुनौतीका साथै निजी विद्यालयहरुको समग्र हितको विषय स्वभाविक रहनेछ । नव कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिवार नै प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको छ ।