एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ : नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा निकालेको विज्ञप्तीको चौतर्फी विरोध हुन थालेको छ । केहि दिन अगाडि जनकपुरधाममा बसेको भनिएको आठवटै जिल्लाका अध्यक्ष मध्ये अनुपस्थित एक जिल्ला अध्यक्षको किर्ते हस्ताक्षर गरिएको खवर नसेलाउदै नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले शुक्रवार विज्ञप्ती जारी गर्दै विज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
जिल्ला भन्दा माथिल्लो निकायहरु निर्णय र समाधानका लागि रहेको अवस्थामा आफु अनुकुल सदस्यता नविकरण र वितरण नभएको भन्दै आन्दोलनको धम्की अशोभनिय रहेको दुवै विज्ञप्तीमा उल्लेख छ । चौतारीले धम्कीपुर्ण विज्ञप्ती रहेको आरोप लगाएको छ भने युनियनले संघिय संरचनालाई अस्वीकार गरिएको आरोप लगाएको छ ।
हेर्नोस दुवै संगठनको विज्ञप्ती
युनियनले सदस्यता नविकरण र नयाँ वितरणमा हरेक जिल्लाबाट फरक फरक सिफारिस जानुले पनि अध्यक्षहरुको नियत र असफलता प्रष्ट भएको भन्दै विभिन्न वाहाना बनाएर सक्रियता पुर्वक कान गर्ने पत्रकारहरुको सदस्यता खोस्ने काम भएको भन्दै आन्दोलनको चेतावनी दिएको छ भने चौतरीले सुद्विकरणको नाममा अध्यक्षहरुले आफु अनुकुल नरहेको सक्रिय पत्रकारहरु माथी जाय लाग्ने गरि सदस्यताबाट बञ्चित गर्ने काम गरेको र नयाँ सदस्यताको हकमा आफन्तवादले चरम सिमा नाघेको आरोप लगाएको छ ।
दुवै संगठनका महासचिवद्वय क्रमश अजय कुमार साह र गौतम श्रे्रष्ठद्वारा जारी विज्ञप्तीमा सक्रिय पत्रकारलाई कुनै पनि वाहानामा सदस्यताबाट बञ्चित गर्न नहुने भन्दै आन्दोलनको चेतावनी समेत दिइएको छ । यस्का साथै सोहि विज्ञप्तीको विरोधमा मधेशका आठवटै जिल्ला स्थित विभिन्न अन्य संघसंगठनहरु जस्तै प्रेस मञ्च, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज, प्रेस नेपाल सहितकाले समेत विरोधमा विज्ञप्ती जारी गरिसकेको छ ।