एसपी रिपोर्टर
काठमाण्डौं, भदौ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज काठमाडौँमा वृहत प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गबाट सुरु भएको विरोध प्रदर्शन शहिदगेट, वीर अस्पताल, रत्नपार्कको शान्ति बाटिका लगायतको ठाउँमा प्रदर्शन गरेको छ ।
गौ हत्या बन्द गर, महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, वैदेशिक रोजगारीलाई व्यवस्थित गर लगायतका नारा तथा प्लेकार्ड प्रदर्शन गर्दै सो दलले प्रदर्शन गरेको हो । प्रदर्शन कार्यक्रममा राप्रपाका शीर्ष नेता सहित सयौँ कार्यकर्ताको सहभागिता थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निकालिएको विरोध प्रदर्शन पश्चात आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले देशमा गौ हत्या राप्रपा सहेर बस्न नसक्ने बताएका छन् । देशमा विद्यमान बेथिति नरोकिएसम्म राप्रपाको विरोध कार्यक्रम जारी राख्ने उनले बताए ।
