एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : संविधानसभा र प्रतिनिधीसभा गरि चार चार पटक सर्वसम्मत सभामुख भएका नेकपा एमालेका उपाध्यक्ष तथा दलका उपनेता समेत रहेका शुभाष चन्द्र नेम्वाङको असमायिक निधनले उनको पार्टी नेकपा एमालेका साथै राजनिती वृतनै शोकमग्न छ ।
इलामको आफनो निर्वाचन क्षेत्रमा चुनाव लडदा सुर्यलाई कहिल्यै अस्ताउन (हार्न) नदिएका नेम्वाङ मंगलवार सुर्य उदाउनु अगावै मध्यरात करि १ बजे आफै सदाका लागि अस्ताए । बालुटार स्थित आफनो घरको शौचालयमा राती १ बजे बेहोस अवस्थामा भेटेका उनलाई १ बजेर ५० मिनेट तिर त्रिवी शिक्षण अस्पताल पुरयाउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।
संविधान र प्रतिनिधीसभाको गरि चार चार पटक सर्वसम्मत सभामुख, संविधान २०७२ घोषणाका अगुवा र सो सभाका पनि सभामुख, गत राष्ट्रपति निर्वाचनमा राष्ट्रपति पदको उम्मेदवार पनि भएका उनी एमालेबाट प्रधानमन्त्रीको दाबेदारका रुपमा पनि देखिन थालेका थिए ।
वौकालत पढेका नेम्वाङ एमालेका बौद्विक, शालिन, शान्त र कुटनितिक रुपमा पोख्त नेता मानिन्थे । देशमा बामपन्थीको पहिलो सरकार मनमोहन सरकारमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री भएका थिए । भोली सम्म पार्टीको मुख्यालय च्यासलमा उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि राखिने र बुधवार राजकिय सम्मानका साथ अन्तेष्टि गरिने जनाइएको छ ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
तस्वीरहरु : अनलाइनखवर डटकम