एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : नेपाली कांग्रेस धनुषाले जननायक बिशेश्वर प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।
धनुषा पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा सो परिमाणमा रक्तदान गरेको पार्टीका उपसभापती गणेश झाले बताए ।

पार्टी सभापती योगेन्द्र पजियार, उपसभापती गणेश झा सहितका पदाधिकारी र सदस्यहरु, तरुण दल सहितका युवा नेताहरु, नेविसंघका विद्यार्थी नेताहरु सहितका नेता कार्यक्रताले रत्तदान गरेको कांग्रेस धनुषाले जनाएको छ ।

नेताहरुले विपी कोइरालाले देखाएको मार्गमा कांग्रेसीजन हिड्न नसकेकै कारण अहिले अर्काहरुले सत्ता चलाइरहेको भन्दै विपीको सिद्वान्तमा अगाडि बढनुपर्ने बताए । सो अवसरमा प्रदेश सांसद तथा पुर्व मधेश सरकार मन्त्री राम सरोज यादव, जनकपुरधाम नगर सभापती तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, जिल्ला सचिव कनहैया कर्ण, नेता गणेश तिवारी, पुर्व जिल्ला सभापतीहरु सहितको उपस्थिती थियो ।
