एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : जनकपुरधाम उद्योग बाणिज्य संघले जलेश्वर भन्सारलाई तेस्रो देशबाट आयात निर्यात गर्न सक्ने मुल भन्सार कार्यालयका रुपमा विस्तार गनुपर्ने मांग सहित अर्थ मन्त्री सहितका राजनिति केन्द्रहरुमा सक्रियता बढाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ महासचिव मनोज कुमार साह समेतद्वारा हस्ताक्षरित ज्ञापन पत्र सहित नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकाश शरण महत सहितकालाई ध्यानकर्षण गराएका छन् ।
भारतको हालको दुवै बन्दरगाहबाट मधेशको बिरगंज, कोशीको विराटनगर र मेची भन्सारबाट माल समान निर्यात गर्दा मधेशमा ढुवानी भाँडा धेरै लाग्ने जस्को कारण महंगीको भार खेप्नु पर्ने अवस्था विद्यमान रहेकाले पुर्वाधार र क्षमता पनि रहेको जलेश्वर भन्सारलाई पनि तेस्रो मुलुकबाट सरसमान आयात निर्यातका लागि मुल भन्सारको रुपमा विस्तार गर्न माग गरिएको संघका अध्यक्ष महासेठले बताए ।

हाल हलदियाबाट बिरगंज हुदै काठमाण्डौं सम्म समान लैजादा १११९ किलो मिटर दुरीको ढुवानी खर्च लाग्ने गरेकोमा जलेश्वरबाट सिन्धुली हुदै काठमाण्डौं लगेको खण्डमा मात्र ८ सय ८१ किलोमिटर दुरी हुने र ढुवानी खर्च कम भई समान सस्तो हुने संघको तर्क छ ।
साथै महासेठले जलेश्वर भन्सार रहेको क्षेत्रको प्रतिनिधीसभा सदस्य तथा लोसपा अध्यक्ष महन्त ठाकुरलाई समेत त्यसका लागि पहलकदमी दिन ध्यानाकर्षण सहित अर्थमन्त्रीलाई बुझाईको ज्ञापन पत्र बुझाईको समेत बताए ।
हेर्नोस संघले अर्थमन्त्रीलाई बुझाएको ज्ञापन

