FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


जुनसुकै बेला कसैको पनि चरित्र हत्या गर्ने क्रम बढ्न थाल्यो : जयसवाल


जुनसुकै बेला कसैको पनि चरित्र हत्या गर्ने क्रम बढ्न थाल्यो : जयसवाल

एसपी रिपोर्टर
धनुषा, भदौ २० :
‘रामचन्द्र जयसवाल कस्तो मान्छे हो सबैलामा कसैसंग सोध्नोस, म यदि दलित महिलालाई पिटेको कसैले देखेको छ भने जुनसुकै सजाय भोग्न तयार छु, तर जुन किशिमले नियोजित रुपमा मेरो चरित्र हत्याको प्रयास भयो, भोली जो सुकै संग पनि हुने खतरा बढेको छ’ सबैलामा आयोजित पत्रकार सम्मेलनमा उनै रामचन्द्र जयसवालले पोखेको दु:खेसो हो यो ।
पत्रकार सम्मेलनमा जयसवालले आफुलाई तथानाम गाँउघरमा गरिने निच स्तरको गाली सबैला बजारमै गर्न थालेपछि मेरा सहयोगीसंगको विवादमा भरोसी दासलाई सामान्य चोट लागेको स्वीकार गर्दै दासकी आमा कौशिल्या दास घटनाको समयमा त्यहाँ उपस्थित पनि नरहेको बताए ।

घटना भएको दिन कौशिल्या सबैलामा नभई छेउको गाँउ बरकुर्वामा रहेको भएपनि उनलाई पनि कुटपिट गरिएको भनी गलत हल्ला फैलाइएको दाबी गरे । म दिन दुखीहरुको सेवामा पाँच/दश हजार त्यसैपनि खर्च गर्ने र सेवा गर्ने मान्छो हो तर दलितको बाहानामा म विरुद्व विभिन्न आरोप लगाइयो ।

पैसाका लागि विवाद नभएको, छिमेकी रहेको उनको जग्गा आफुले किन्न नमाने पछि विपक्षीको उक्साहटमा आफु माथी मिटरब्याजीको समेत आरोप लगाइएको छ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता सबैला नगरपालिका मेयरका प्रत्यासी र उद्योग बाणिज्य संघ सबैलाका अध्यक्ष समेत रहेका जयसवालले दाबी गरेका छन् ।

सबैला नगरपालिका वडा नं. ३ मा घर भएकी ५४ वर्षीया कौसिलया देवी दास र नीजको छोरा २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपिट गरिएको सञ्चार माध्यममा आएको घटनामा राजनीतिक उक्साहटमा आफूलाई बदनाम गर्न खोजिएको उनको दावी छ । जयसवालले कौशिल्याको सासु अन्दाजी ७५ वर्षको उमेरमापनि छोराले नराखेपछि स्याहार सुसार गर्नेवाला कोही नदेखेपछि आफूले वहाँलाई जनकपुरधाम वृद्धा आश्रममा पठाई दिन भनेको कुरालाई रिसवी बनाई कौशिल्या र उनका छोराले आफूलाई तथानाम गाली गरेको बताए ।

सो घटनाको भोलीपल्ट भरोसीले पुन: विवाद गर्दा आफ्ना स्टाप श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायतका व्यक्ति सहन नसकेर सम्झाउन खोज्दा उल्टै हातपातमा उत्रेपछि उनको नाकमा सामान्य चोट लागेको उनले स्वीकारे । आफूलाई जानकारी भएपछि तुरन्त उपचारका लागि जनकपुर पठाएको भएपनि पछि केही स्थानीय राजनीतिक व्यक्तिको उक्साहटमा आफूलाई बदनाम गर्न मिटरब्याजी र अभद्र तस्वीर खिचाएर कुटपिट गरेको भनी गलत हल्ला फैलाएको उनले बताए ।

मिटरब्याजी भन्ने आरोप बारे जयसवालले भने कौशिल्याको छोरीको विवाहमा कसैले सहयोग नगरेपछि आफू कहाँ आउंदा कागज बनाउंदा ५ लाख रुपैया २ रुपैयाको ब्याजदरमा दिएको हो । ७ वर्ष बितिसक्दा पनि रकम नदिएपछि आफूले नयाँ कानून अनुसार तमसुक कागज फेर्न भनेको हो । तर जमिन नदिएपछि कुटपिट गरेको हल्ला गलत हो । किनकी भरोसीको बुवा बौकाले ऋण तिर्न सक्दैन सो जग्गा लिई लिन ३/४ वर्षदेखि भन्दै आएको छ ।

आफूले कुटपिट गरेको हो/होइन, घटनाका बेला भरोसीकी आमा कौशिल्या थिए/थिएन प्रहरी र बजारका प्रत्यक्षदर्शीले नै स्पष्ट गरिदिने उनले बताए । घटना बारे आरोपित भनिएका विन्दी यादवले पनि विवाद भएको स्वीकार गर्दै घटना हुँदा त्यहाँ कौशिल्या र जयसवाल नरहेको बताए । यस्तै प्रत्यक्षदर्शी कौशिल्याका छिमेकी फिरन दासले पनि घटनाको बेला कौशिल्या सबैलामा नभई बरकुरवामा रहेको दाबी गरे । उनले भने, ‘कौशिल्याका छोरा भरोसी र छोरीले जयसवाललाई तथानाम गाली गलौज गरेको देखेको थिए, जयसवालका स्टाफहरुले सहन नसकेर सम्झाउन खोज्दा भरोसीसँग सामान्य विवाद भएको थियो र सोही क्रममा उनलाई चोट लाग्न गएको हो ।’



Tags: चरित्र हत्या गर्ने क्रम बढ्न थाल्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy