एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित यस क्षेत्रमा भगवान श्री कृष्णको जन्मोत्सव कृष्णाष्टमीको अवसरमा धुमधाम छ । जनकपुरधामको रेल्वे स्टेशन सहित श्री कृष्ण मन्दिरका साथै विभिन्न चौकहरुमा पण्डाल निर्माण गरि कृष्णाष्टमी मनाइदै छ ।
भगवान श्री कृष्ण राती १२ बजे प्रकट भएको स्मरणमा आज राती १२ बजे विधि पुर्वक पुजा आराधना गरि पण्डालमा बनाइएका कृष्ण सहित देवी देवताको मुर्तीहरुको आँखा दर्शनका लागि खोलिने छ भने भोली भब्य मेलाको आयोजना गरिनेछ । त्यसका लागि हिजै देखि वृहत सरसफाईका साथै आज २ बजे कलश र शोभायात्राका साथै धुमधाम गरिने कार्यक्रम रहेको श्री कृष्ण जन्माष्टमी पुजा समितिका अध्यक्ष राज कुमार साह तथा स्टेशन एरिया युवा कमिटि परिवारले जनाएको छ ।


जनकपुरधाम उपमहागरपालिकाको बेंगा शिवपुरमा पनि धुमधामका साथ कृष्णाष्टमी मनाइदै छ । त्यहाँ बुधवार आयोजना गरिएको कलश शोभायात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव समेत सहभागिता जनाएका छन् । मुख्यमन्त्री यादवले श्री कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश र देशवासीमा शुभकामना समेत व्यक्त गरे ।


सो अवसरमा प्रदेश सांसद शेषनारायण यादव, एमाले नेता संतोष यादव, नेपाल भारत मैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादव, अगुवा भरत यादव सहितका विशेष उपस्थिती रहेको तथा भोली लाग्ने भब्य मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको श्री कृष्णाजन्माष्टमी पुजा परिवार वेंगाले जनाएको छ ।


