एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले काठमाण्डौंको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार जस्तै मधेशको राजधानी जनकपुरधामको मुख्य प्रशासनिक केन्द्रलाई जनक दरवारको रुपमा स्थापना गरिने बताएका छन् ।
श्री कृष्णजन्माष्टमीको अवसरमा जनकपुरधामको बेंङ्गाशिवपुरमा आयोजित कृष्णाष्टमी मेला तथा कलश यात्राको समुदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्नबिघ्घा क्षेत्रमा मधेशको हरेक मन्त्रालय सहितको मुख्य प्रशासनिक ईकाई बनाएर जनक दरवारको रुपमा स्थापित गर्न लागेको बताएका छन् ।
अव जनक दरवार पनि देश भरिमै सिंह दरवार जस्तै चर्चित र मुख्य केन्द्रको रुपमा स्थापित हुन्छ, उनले भने, ‘भगवान श्री कृष्णको साहस र चतुराय जसरी नै मधेशले संघियता ल्याउन सफल भएकाले संघियता बचाउन आवश्यक छ ।’
दुई मिनेट मात्र बोलेका मुख्यमन्त्री यादवले श्री कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश र देशवासीमा शुभकामना समेत व्यक्त गरे । सो अवसरमा प्रदेश सांसद शेषनारायण यादव, एमाले नेता संतोष यादव, नेपाल भारत मैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादव सहितको उपस्थिती थियो ।